Like us!
Follow us!
Connect us!
Watch us!

आगजनीलाई ‘स्वीट पेन’ सम्झेर उठ्दैछु - मीनबहादुर गुरुङ

अर्थ संसार

सोमबार, ०१ मंसिर २०८२, ११ : १७ मा प्रकाशित

आगजनीलाई ‘स्वीट पेन’ सम्झेर उठ्दैछु - मीनबहादुर गुरुङ

आर्थिक वर्ष २०८१/८२ मा वस्तु व्यापारको कारोबार गर्ने भाटभटेनी सुपर मार्केट तथा डिपार्टमेन्ट स्टोर प्रालि सबैभन्दा धेरै कर तिर्ने व्यवसायिक फर्म बनेको छ । कर दिवसको अवसरमा सरकारले भाटभटेनीका चेयरम्यान मीनबहादुर गुरुङलाई उत्कृष्ट करदाताको सम्मान प्रदान गरेको हो।

सोमबार आयोजित कार्यक्रममार्फत गुरुङसहित अन्य उत्कृष्ट करदाताहरूलाई सम्मान गरिएको थियो। कार्यक्रममा बोल्दै गुरुङले जेन–जी आन्दोलनका क्रममा आफ्ना व्यापारिक प्रतिष्ठानमा भएको आगजनी र लुटपाटले आफूलाई ‘स्वीट पेन’ महसुस गराएको बताए। अनेक आक्रमणका बाबजुद बैंकिङ प्रणाली र रोजगारमा नकारात्मक असर पर्न सक्ने चिन्ताका कारण व्यवसायमा लगानी विस्तार गर्न बाध्य भएको पनि उनले उल्लेख गरे।

गुरुङले देशको राजस्वमा योगदान दिनु आफ्नो दायित्व भएको बताउँदै भने, 'देशको खातामा कम पैसा जम्मा गरौँ भन्ने कहिल्यै लाग्दैन। जति सकिन्छ तिर्नुपर्छ भन्ने लाग्छ। हामीले तिरेको करबाटै देश बन्छ, र अन्ततः त्यसको फाइदा हामी नेपालीलाई नै हुन्छ। म कसैबाट लिन्नँ, दिन्छु मात्र। भाटभटेनी कमाउँदैन, यसले दान गर्छ।'

उनले विभिन्न स्वास्थ्य संस्थाहरूलाई करोडौँ रुपैयाँ दान गर्दै आएको बताउँदै, आक्रमण र आरोप–प्रत्यारोपले आफू विचलित नबनेको पनि स्पष्टीकरण दिए।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

धेरै पढिएको