Like us!
Follow us!
Connect us!
Watch us!

तेस्रो सातामा चलचित्र ‘परान’ - कमाइ कति ?

अर्थ संसार

सोमबार, ०१ मंसिर २०८२, १५ : १७ मा प्रकाशित

तेस्रो सातामा चलचित्र ‘परान’ - कमाइ कति ?

नीर शाह स्टारर फिल्म ‘परान’ ले १६ दिनसम्म घरेलु बक्सअफिसमा आक्रामक कमाइ गरेको छ । फिल्मले पछिल्लो शनिबार २९ कात्तिकसम्म सिनेपाः बक्सअफिसमा ९ करोड ८६ लाख नेरु ग्रस कमाएको छ । 

यस अवधिमा कुल ३ लाख ४७ हजार १७५ टिकट बिक्री भएको छ।

आइतबारको कारोबार जोडिएपछि फिल्मको कूल ग्रस १० करोड रुपैयाँ नाघेको बताइन्छ। तर, यसको औपचारिक पुष्टि भने चलचित्र विकास बोर्डले अझै सार्वजनिक गरेको छैन। दीपक प्रसाद आचार्यको निर्देशन रहेको फिल्मलाई गोल्छा समूहका शेखर गोल्छा तथा प्रिज्मा एडभर्टाइजिङका रञ्जित आचार्यको सहस्वामित्वमा रहेको कम्पनी बाइस्कोट सिनेमाले निर्माण गरेको हो। फिल्ममा नीर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, महेश त्रिपाठी, प्रविण खतिवडा, अञ्जना बराइली, बुद्धि तामाङ आदिको अभिनय रहेको छ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको