Like us!
Follow us!
Connect us!
Watch us!

संविधानलाई मुर्छित पार्ने काम भएको छ - छविलाल विश्वकर्मा

अर्थ संसार

बुधबार, ०३ मंसिर २०८२, १४ : ११ मा प्रकाशित

संविधानलाई मुर्छित पार्ने काम भएको छ - छविलाल विश्वकर्मा

नेकपा एमालेका सचिव छविलाल विश्वकर्माले हालको संविधान ‘मुर्छित’ भएको बताएका छन्। उनले व्यवस्थाको विरोधमा विभिन्न प्रकारका प्रयासहरू भइरहेको पनि बताएका छन्।

उनले काठमाडौंमा आयोजित स्थानीय जनप्रतिनिधिहरूको उपत्यकास्तरीय भेलामा सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

‘अहिले यो संविधानलाई मुर्छित पारिएको छ । व्यवस्थाका विरोधमा अनेकौं प्रकारले चिथोर्ने काम भइरहेका छन् । यस अवस्थामा हाम्रा अध्यक्ष केपी ओलीको साथ नेकपा एमाले सडकमा उभिएको छ,’ उनले भने, ‘हिजोमात्रै असंवैधानिक रुपमा विघटित भएको संसद्का नेताहरू बैठक बसेर कानुनी प्रक्रिया अघि बढाउने सन्दर्भमा निष्कर्षमा पुगेको स्थिति छ ।’

साथै, उनले पार्टी नेतृत्वको विरुद्धमा भइरहेको प्रहार सामना गर्न तम्तयार हुनुपर्ने पनि बताए । ‘अब हामीले मंसिर ६ गते जनसभाको आयोजना गरेका छौं,’ उनले भने, पार्टी र पार्टी नेतृत्वका विरुद्धमा जसरी प्रहार भइरहेको छ यसको सामना गर्न हामी तम्तयार हुनुपर्नेछ ।’

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

धेरै पढिएको