दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि नेपालको अग्रणी तार तथा केबल उत्पादक लिटमस केवल्स सुदूरपश्चिम रोयल्सको ‘कनेक्टिभिटी’ पार्टनरको रूपमा जोडिएको छ । मंगलबार काठमाडौंमा लिटमस इन्डस्ट्रिज लिमिटेडका एसोसियट उपाध्यक्ष सन्जिवझा र सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश खड्काले हस्ताक्षर गरे ।
सम्झौतापछि बोल्दै सुदूरपश्चिमका सीईओ खड्काले देशको अग्रणी ब्रान्ड लिटमससँग जोडिन पाउँदा खुशी व्यक्त गरे ।
उनले भने, ‘यसले सुदूरपश्चिमको टिमसँग राम्रो सम्बन्ध जोड्ने माध्यम बन्ने छ ।’
यसैगरी, लिटमस इन्डस्ट्रिजका एसोसियट उपाध्यक्ष सन्जिव झाले सुदूरपश्चिमसँगको सहकार्यले नेपालका प्रतिभाहरूलाई पहिचान गर्न र आगामी पुस्ताका खेलाडीहरूलाई सशक्त बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
उनले थपे, ‘हामी हाम्रा उत्पादनलाई मात्र होइन, राष्ट्रिय गौरवलाई बढावा दिने कुरामा पनि समर्थन गर्छौं। त्यसै अनुरूप यो सम्झौता पनि हो ।’
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस