पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा एक महिलाको मृत्यु भएपछि अस्पताल परिसर तनावग्रस्त बनेको छ । सामान्य पेट दुखेर अस्पताल भर्ना भएकी भनिएकी तनहुँकी रूपा बिकको मृत्यु भएपछि आफन्तहरू विरोध प्रदर्शनमा उत्रिएका छन् ।
तनहुँको व्यास नगरपालिका–१३, बेनिकोटकी बिकलाई ’पेट दुखेपछि’ गत सोमबार उपचारका लागि अस्पताल ल्याइएको थियो । उपचारकै क्रममा उनको मंगलबार बिहान निधन भएको थियो । सामान्य अवस्थामा अस्पताल आएकी बिरामीको मृत्यु भएको भन्दै मृतकका आफन्तले घटनाको निष्पक्ष छानबिन र उपचारमा संलग्न चिकित्सकको कारबाहीको माग गर्दै अस्पतालमा नाराबाजी गरेका छन् ।
मृतकका श्रीमान् किसान सुनारले चिकित्सकको लापरबाहीका कारण श्रीमतीको ज्यान गएको आरोप लगाए । आक्रोशित आफन्त र अस्पतालका सुरक्षाकर्मीबीच बुधबार अस्पतालको आईसीयू कक्षअगाडि धकेलाधकेलसमेत भएको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस