नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको स्वयंसेवी दस्ता,नेसनल भोलेन्टियर फोर्स (एनभिएफ) कसैका विरुद्ध नभइ हिंसा र अराजकताका विरुद्ध गठन गरिएको बताएका छन् । एनभिएफको घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले राज्य संयन्त्रले मात्र जनता,जनधनको,औद्यागिक प्रतिष्ठान वा मिडिया हाउसको संरक्षण गर्न नसकेकोले स्वंयसेवी दस्ता बनाउनु परेको ओलीले बताएका हुन् ।
‘यदी कसैले शान्ती भंग गर्न खोज्छ भन्ने हामीले रोक्नु पर्दछ । आगजनी तोडफोडको राक्षसी राज चलाउन खोज्छ भने यो फोर्सले रोक्नेछ’ अध्यक्ष ओलीले फोर्सका बारेमा भन्नुभयो ‘फोर्सले प्राकृतिक विपत्ती र जनताका समस्या समाधानमा काम गर्नेछ ।’ अध्यक्ष ओलीले फोर्स कसैको अहितका लागि नभएको स्पष्ट पार्दै, फोर्सले एमालेको मात्र होइन एमालेसँग असहमत राख्नेहरुको पनि सुरक्षा गर्ने बताए ।
उनले जेन जीका नाममा नक्कलीहरु खडा भएर विध्वंस मच्चाएको बताए । भदौ २३ गते पानी बाँड्ने नाममा खडा भएका स्वंसेवीहरु २४ गते तोफोड र आगजनीमा उत्रिएको बताए । ‘हामीले गठन गरेको फोर्स यस्ता अराजकताबादी काम गर्दैन । यो कतैबाट पेइड भएर चलेको पनि होइन’ अध्यक्ष उनले भने ‘यसले देशमा शान्ती र राजनीतिक स्थिरताका लागि काम गर्छ ।’
प्रधानमन्त्री सुशीला कार्कीले यो सरकार असफल भए देशमा झन् ठुलो विद्रोह हुने चेतावनी दिइरहेकोमा आपत्ती प्रकट गरे । ‘देशमा थप विध्वसं मच्चाउने तपाईंको योजना हो कि सपना हो’ उनले भने ‘तपाईंको योजना हो भने त्यो पुरा हुन दिइदैन । सपना हो भने यस्ता विध्वसंकारी सपना देख्न छोड्नुहोस ।’
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस