नेपाल राष्ट्र बैंकले दुइर्वटा मनिचेञ्जरको लाइसेन्स खारेज गरेको छ । राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एक सूचना जारी गर्दै दुई कम्पनीको लाइसेन्स खारेज गरेको जनाएको हो ।
राष्ट्र बैंकले लर्ड बुद्ध मनि एक्सचेञ्ज र स्तुपा मनीचेञ्जर प्रालिको लाइसेन्स खारेज गरेको हो । नेपाल राष्ट्र बैंक, मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित) को विनियम १९ को उप–विनियम ३ मा उल्लिखित व्यवस्थाबमोजिम तोकिएको समयमा (म्याद समाप्त भएको मितिले तीन महिनाभित्र) नवीकरण नगरेका कारण इजाजतपत्र रद्द गरेको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस