जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ । संस्थाले एक सूचना जारी गर्दै अधिकृ र सहायक अधिकृत पदमा १–१ जनाका दरले कर्मचारी माग गरेको हो ।
संस्थाले सो पदहरुमा आवेदन दिनको लागि मान्यताप्राप्त शैक्षिक व्यवस्थापनमा स्नातक र सीए–सीसीए तह उत्तिर्ण गरेको हुनुपर्ने सूचनामा जनाएको छ । बैंक तथा वित्तीय संस्थामा कार्य गरेको अनुभवि उम्मेद्वारलाई बढी प्राथमिकता दिइने सूचनामा भनिएको छ ।
इच्छुक उम्मेद्वारले मंसिर २२ गतेसम्म आवश्यक कागजात संकलन गरी संस्थाको वेबसाइट र इमेलमार्फत आवेदन दिन सकिने संस्थाले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस