Like us!
Follow us!
Connect us!
Watch us!

पुरानै मापदण्डमा आयात हुने सवारी साधन मंसिर १५ सम्म भन्सार पास गर्न नाडाको आग्रह

अर्थ संसार

आइतबार, ०७ मंसिर २०८२, १६ : १३ मा प्रकाशित

पुरानै मापदण्डमा आयात हुने सवारी साधन मंसिर १५ सम्म भन्सार पास गर्न नाडाको आग्रह

नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले पुरानै मापदण्डमा आयात हुने सवारी साधानलाई मंसिर १५ सम्म भन्सार पास दिन आग्रह गरेको छ । आज विज्ञप्ति जारी गर्दै नाडाले नेपाल सवारी प्रदूषण मापदण्ड २०८२ (युरो–६) कार्यान्वयनका विषयमा सरकारले गरेको स्पष्ट व्यवस्थाबारे जानकारी दिँदै तोकिएको समयभित्र पूर्ववत् मापदण्डअनुसारका सवारी तथा पार्टपूर्जा भन्सार जाँचपास गर्न आयातकर्तालाई आग्रह गरेको हो । 

वन तथा वातावरण मन्त्रालयले २०८२ असार ९ गतेको नेपाल राजपत्रमार्फत युरो–६ मापदण्ड लागू गरिसकेको अवस्थामा अर्थ मन्त्रालयले २०८२ असोज १० गते जारी राजपत्रमार्फत विशेष प्रावधान व्यवस्था गरेको थियो । उक्त प्रावधानअनुसार युरो–६ मापदण्ड लागू हुनुअघि प्रोफर्मा इन्भ्वाइस जारी भइसकेका सवारी साधन, नेपालमै एसेम्बल वा उत्पादन हुने सवारी तथा त्यस्ता सवारी उत्पादनका लागि आवश्यक पार्टपूर्जा प्रयोग गरी एसेम्बल वा उत्पादन गरिएका सवारी साधनको हकमा मंसिर १५ गतेसम्म पूर्ववत् मापदण्डअनुसार पैठारी गर्न अनुमति दिएको छ ।

नाडाले तोकिएको समयसीमा नजिकिँदै गर्दा आयातकर्ताहरूलाई बाँकी सवारी तथा पार्टपूर्जा भन्सार जाँचपास प्रक्रिया छिटो पूरा गर्न अनुरोध गरेको छ। संघले यसअघि नै सो विषयमा बन तथा वातावरण मन्त्रालय तथा अर्थ मन्त्रालयसँग औपचारिक पत्राचार गरी अन्तरिम व्यवस्थाका लागि पहल गरेको जानकारीसमेत दिएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको