Like us!
Follow us!
Connect us!
Watch us!

चुच्चेपाटीको भाटभटेनीमा जलेको अवस्थामा भेटिएका शबको डिएनए स्याम्पल निकाल्न सकिएन्

अर्थ संसार

मंगलबार, ०९ मंसिर २०८२, ११ : १७ मा प्रकाशित

चुच्चेपाटीको भाटभटेनीमा जलेको अवस्थामा भेटिएका शबको डिएनए स्याम्पल निकाल्न सकिएन्

जेन्जी आन्दोलनक्रममा काठमाडौँको चाबहिल चुच्चेपाटीस्थित भाटभटेनी आगजनी र लुटपाटका बेला जलेका ७ जनाको डिएनए स्याम्पल समेत निकाल्न नसकिएको प्रहरीले जनाएको छ । मानव शरीरजस्तो कंकालमात्र भेटिएको खरानी परीक्षणका लागि विधि विज्ञान प्रयोगशालामा पठाइएको भए पनि सबै जलेका कारण स्पाम्पल निकाल्न समस्या भएको हो । 

जेनजी आन्दोलनका बेला हराएका ७ जना पुरुषका आफन्त प्रहरीको सम्पर्कमा आएको बताइएको छ । जेन्जी आन्दोलनक्रममा आगजनी भएको चुच्चेपाटीस्थित भाटभटेनीभित्र ७ वटा व्यक्ति जलेको अवस्थामा खरानीको आकारमा भेटिएका थिए ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको