नेपालका लागि होन्डा गाडीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनि प्रा. लि. ले आफ्ना ग्राहकहरूको बढ्दो चाहना र मागलाई मध्यनजर गर्दै नेपाली बजारमा ‘होन्डा अल न्यु सीआर–भी’ को बिक्री वितरण औपचारिक रूपमा शुरु गरेको छ। कम्पनीका अनुसार यो नयाँ एसयूभीमा अत्याधुनिक प्रविधि र लक्जरी फिचर्सहरूको उत्कृष्ट संयोजन गरिएको छ। यसमा शक्तिशाली १.५ लिटर पेट्रोल टर्बो इन्जिन जडान गरिएको छ। गाडीको इन्टेरियर र सुविधाहरूमा वेलकम सिट, फुल एलइडी लाइट र पानोरामिक सनरुफ समावेश छन्।
त्यसैगरी चालक र यात्रुको स्वास्थ्यलाई ध्यानमा राख्दै यसमा प्लाज्मा क्लस्टर प्रविधि प्रयोग गरिएको छ। यसमा १० थान एयर व्याग भएकाले यात्रालाई थप सुरक्षित बनाउँछ। यस गाडीमा २१० एम् एम् ग्राउण्ड क्लिअरेन्स रहेको छ जसले गर्दा कच्चि बाटोमा पनि यो एउटा राम्रो विकल्प हुन सक्छ। यसमा १०.२ इन्चको टिएफटी टच डिस्प्ले, चालकको सहजताका लागि ड्राइभर मेमोरी सिट र उत्कृष्ट साउन्ड अनुभवका लागि १२ वटा बोस प्रिमियम स्पिकर्स जस्ता ‘प्रिमियम फिचर्स’ हरू रहेका छन्।
सुरक्षाको हिसाबले पनि यसमा अडास लेभल २ जडान गरिएको छ जसले यात्रालाई सुरक्षित बनाउँछ। यो गाडी ७ सिटर क्षमतामा उपलब्ध भएकाले ठूलो परिवारका लागि समेत उपयुक्त हुनेछ। यसको शक्तिशाली इन्जिन, सस्पेन्सन र डिजाइनलाई हेर्दा नेपालको बाटोमा ‘पर्फेक्ट राइड’ को लागि यो गाडी एक उत्कृष्ट विकल्प हुन सक्ने कम्पनीले बताएको छ।
कम्पनीका अनुसार ग्राहकहरूका लागि विश्वस्तरीय प्रविधि र सुविधायुक्त गाडीहरू भित्र्याउन कम्पनी सधैं प्रतिबद्ध छ। ‘होन्डा अल न्यु सीआर–भी’ ले नेपालको एसयूभी सेग्मेन्टमा लक्जरी र पर्फर्मेन्सको नयाँ उदाहरण बन्नेमा कम्पनीले विश्वास जनाएको छ।
त्यस्तै ‘होन्डा अल न्यु सीआर–भी’ चार आकर्षक रङहरू-कालो (ब्ल्याक) , सेतो (ह्वाइट), निलो (ब्लु) र सिल्भरमा उपलब्ध हुनेछन्। यो प्रिमियम गाडीको अनुभव लिन र ‘टेस्ट राइड’गर्न चाहनेले ललितपुरको धोबिघाट स्थित होन्डाको आधिकारिक शोरुममा सम्पर्क सक्ने कम्पनीले जानकारी दिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस