Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानमन्त्रीले १९ वटा विश्वविद्यालयको भारी बोकेर हिँड्न सकिदैन् - प्रधानमन्त्री कार्की

अर्थ संसार

बुधबार, १० मंसिर २०८२, १५ : ४७ मा प्रकाशित

प्रधानमन्त्रीले १९ वटा विश्वविद्यालयको भारी बोकेर हिँड्न सकिदैन् - प्रधानमन्त्री कार्की

प्रधानमन्त्री सुशीला कार्कीले देशभरका विश्वविद्यालयलाई स्वायत्त बनाउनु आवश्यक भएको बताएकी छन् । बुधबार त्रिभुवन विश्वविद्यालयको सभामा बोल्दै उनले प्रधानमन्त्री एक्लैले १९ वटा विश्वविद्यालयको जिम्मेवारी बहन गर्न नसक्ने बताएकी हुन् । 

‘एउटै प्रधानमन्त्रीले सारा डोकोभरि भारी बोकेर हिँड्न सकिँदैन,’ कार्कीले भनिन्, ‘स्वायत्तताको माग उठिरहेकाले अब विश्वविद्यालयले आफ्नै कार्यक्रम र योजना बनाउन पाउनुपर्छ ।’ उनले कुलपति राजनीतिक आधारमा नभइ, विज्ञमार्फत चयन हुनु पर्ने बताइन् । ‘१९ वटा विश्वविद्यालयमा कुलपति प्रधानमन्त्री हुने रहेछ । एउटा व्यक्तिले कसरी सम्भव हुन्छ? कुलपति विज्ञमार्फत होस्, सभाले खोजोस्,’ कार्कीले भनिन् ।

यसैबीच त्रिभुवन विश्वविद्याल सभा (सिनेट) बैठकले आर्थिक बर्ष २०८२, ०८३ को लागि नीति तथा कार्यक्रम पारित गरेको छ । प्रधानमन्त्री एवं कुलपति कार्कीको अध्यक्षतामा बसेको सभाले नीति तथा कार्यक्रम पारित गरेको हो । नीति तथा कार्यक्रममा विश्वविद्यालयको जग्गा जमिन संरक्षण गर्न तारबार र घेराबार गर्ने, अतिक्रमण गर्नेलाई सरकार र सरकारका निकायमार्फत कारबाही गरिने, काठमाडौँ बाहिरका जग्गा खोजबिन गर्न समिति गठन गरिने जनाईएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको