सामाजिक सुरक्षा कोषले १ खर्ब २६ अर्ब रुपैयाँ लगानी गरेको छ । सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले कोषमा योगदानकर्ताबाट जम्मा भएको ९५ अर्बसहित १२६ अर्ब रुपैयाँ सामाजिक सुरक्षा कोषले विभिन्न ठाउँमा लगानी गरेको जानकारी दिएका हुन् ।
आठौँ सामाजिक सुरक्षा कोष दिवसका अवसरमा बोल्दै उनले लगानी कार्यविधि बमोजिङ मुद्दति खातादेखि विभिन्न ऋणपत्रमा लगानी गरेको बताए । कार्यकारी निर्देशक अधिकारीकाअनुसार ५८ अर्ब ८९ करोड बैंकको विभिन्न मुद्दतीमा लगानी भएको छ भने ३२ अर्ब १९ करोड ट्रेजरी बिलमा, २१ अर्ब ७६ करोड विकास ऋणपत्रमा, ४ अर्ब ५२ करोड डिबेञ्चरमा, १ अर्ब ९५ करोड म्याचुयल फण्डमा लगानी गरेको जानकारी दिए ।
त्यस्तै कोषले २० हजार योगदानकर्तालाई सापटी बापत ७ अर्ब ७९ करोड ८३ लाख रकम लगानी गरेको छ । योगदानकर्ता सापटि अन्तर्गत कोषले वार्षिक ५।२ प्रतिशत व्याजदरमा विशेष सापटी दिने गरेको छ भने ५.८६ प्रतिशत ब्याजदरमा घर तथा शैक्षिक सापटी दिनेगरी अधिकारीले बताए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस