Like us!
Follow us!
Connect us!
Watch us!

यूनाइटेड अजोड इन्स्योरेन्सको अवितरित हकप्रद सेयर लिलाम बिक्रीमा

अर्थ संसार

विहीबार, १८ असार २०८३, ०७ : १२ मा प्रकाशित

यूनाइटेड अजोड इन्स्योरेन्सको अवितरित हकप्रद सेयर लिलाम बिक्रीमा

यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले संस्थापक समूहको अवितरित हकप्रद सेयर लिलामीमा राखेको छ । कम्पनीले एक सूचना जारी गरेर ६३ हजार ८४७ कित्ता सेयर लिलाम बिक्रीमा राखिएको जनाएको छ । 

यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको (१००ः१०) को अनुपातमा हकप्रद सेयरहरु बिक्री खुल्ला गरी आवेदन माग गरिएकोमा उक्त सेयरहरुमा आवेदन नपरेपछि कम्पनीले लिलाम बिक्रीका लागि राखिएको जनाएको छ  । यो कम्पनीको सेयरमा पहिलो पटक २०८३ जेठ २९ गतेदेखि असार ८ गतेसम्म संस्थापक सेयरधनीहरुका लागि बोलपत्र आह्वान गर्दा दरखास्त प्राप्त नभएकाले अब सबैले किन्न पाउने गरि लिलाम बिक्रीमा राखिएको छ ।

उक्त सेयरहरु खरिद गर्न इच्छुक यस कम्पनीका विद्यमान संस्थापक तथा योग्य इच्छुक जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले साउन १ गते शुक्रबार (बैंकिङ्ग समयसम्म) लक्ष्मी सनराइज क्यापिटल लिमिटेड कमलपोखरी, लक्ष्मी सनराइज बैंकका शाखा कार्यालयहरु कोशी प्रदेशको विराटनगर हनुमानदास सडक, मधेश प्रदेशको वीरगन्ज आदर्शनगर, जनकपुर भानुचोक, बागमती प्रदेशको हेटौँडा पारिजात पथ, नारायणघाट, बालकुमारी, गण्डकी प्रदेशको पोखरा न्युरोड, लुम्बिनी प्रदेशको बुटवल मिलनचोक, नेपालगन्ज न्युरोड, कर्णाली प्रदेशको विरन्द्रनगर र सुदुरपश्चिम प्रदेशको धनगढी शहीदगेट शाखाबाट आवेदन फारम पाउन र बुझाउन सकिने छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको