मंगलबार पनि सेयर बजार घटेर कारोबार भएको छ । आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक झिनो अंकले घटेर कारोबार बन्द भएको हो ।
आज नेप्से परिसूचक ०.५२ अंकले घटेर २६४४.७० विन्दुमा पुगेको छ । आज सेयर बजारमा कारोबार भएका कम्पनीहरुमध्ये १२५ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ११९ कम्पनीको घटेको छ । त्यस्तै आज १३ कम्पनीको सेयर मूल्य भने आज स्थिर रहेको छ ।
त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.२६ अंकले घटेर ४५३.९९ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचक मध्ये ८ वटाको सेयर मूल्य बढेको छ भने ५ वटाको घटेर कारोबार भएको छ । आज परिसुचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ ।
आज सेयर बजारमा ३२४ कम्पनीका १ करोड ८ लाख १० हजार १०६ कित्ता सेयर ५६ हजार ९ पकट खरिद बिक्री हुँदा ४ अर्ब ४८ करोड १३ लाख ९४ हजार १४९ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा ६ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस