Like us!
Follow us!
Connect us!
Watch us!

तीन महिनामा भित्रियो साढे ५ खर्ब बढी रेमिट्यान्स, व्यापार घाटा झण्डै ४ खर्ब

अर्थ संसार

मंगलबार, १६ मंसिर २०८२, १५ : ३५ मा प्रकाशित

तीन महिनामा भित्रियो साढे ५ खर्ब बढी रेमिट्यान्स, व्यापार घाटा झण्डै ४ खर्ब

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा विप्रेषण आप्रवाह (रेमिट्यान्स) मा ३५.४ प्रतिशत वृद्धि देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार यो अवधिमा ४ खर्ब ५३ अर्ब ३१ करोड रुपैयाँ बराबरको विप्रेषण स्वदेश भित्रिएको हो । 

यही समीक्षा अवधिमा कूल वस्तु व्यापार घाटा भने १२.२ प्रतिशतले वृद्धि भएर ३ खर्ब ९५ अर्ब ३० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आप्रवाह ११.९ प्रतिशतले वृद्धि भई ४ खर्ब आठ अर्ब ७७ करोड रुपैयाँ रहेको थियो । चालु आवको पहिलो महिना अर्थात् गत साउनमा विप्रेषण आप्रवाह २९.९ प्रतिशतले वृद्धि भई १ खर्ब ७७ अर्ब ४१ करोड रुपैयाँ बराबर पुगेको थियो ।

यस्तै, भदौ महिनामा विप्रेषण आप्रवाह ३३.१ प्रतिशतले वृद्धि भई ३ खर्ब ५२ अर्ब ८ करोड रुपैयाँ पुगेको थियो । चालु आवको पहिलो त्रैमासमा चालु खाता २ खर्ब ३७ अर्ब ५९ करोड रुपैयाँ र शोधनान्तर २ खर्ब ६४ अर्ब ३ करोड रुपैयाँले बचतमा छ । अघिल्लो आवको सोही अवधिमा चालु खाता एक खर्ब १५ अर्ब ३६ करोड रुपैयाँ र शोधनान्तर एक खर्ब ८४ अर्ब ९९ करोड रुपैयाँले बचतमा थियो ।

यसैगरी, चालु आवको पहिलो तीन महिनामा कूल वस्तु निर्यात ८९.६ प्रतिशतले वृद्धि भई ७२ अर्ब ७८ करोड रुपैयाँ कायम भएको छ । यो अवधिमा वस्तु आयात १९ दशमलव आठ प्रतिशतले बृद्धि भई ४ खर्ब ६८ अर्ब ८ करोड रुपैयाँ कायम भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको