Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु महालक्ष्मी लाइफको करिब ६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

बुधबार, १७ मंसिर २०८२, ०७ : ५४ मा प्रकाशित

प्रभु महालक्ष्मी लाइफको करिब ६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले करिब ६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले सेयरधनी एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको स्वामित्वमा रहेको ५ लाख ९४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

संस्थापक सेयरधनी एनआरएनले आफूले धारण गरेको उक्त सेयर बिक्री गर्न सञ्चालक समितिमा निवेदन दिएकाले कम्पनीले सेयर बिक्रीमा राखेको हो । हाल कम्पनीकै विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै यो सेयर किन्न सक्नेछन् । सो सेयर किन्न इच्छुक संस्थापक सेयरधनीले आगामी ३५ दिनभित्र काठमाडौंको कमलादीस्थित प्रभु महालक्ष्मी लाइफको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ ।

तोकिएको समयावधिभित्र संस्थापक शेयरधनीहरूबाट निवेदन प्राप्त नभएमा बाँकी सेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने कम्पनीले जानकारी दिएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको