Like us!
Follow us!
Connect us!
Watch us!

माछापुच्छ्रे एसआइपी योजनाको इकाईमा आवेदन दिने आज अन्तिम दिन

अर्थ संसार

बुधबार, १७ मंसिर २०८२, ०८ : ४४ मा प्रकाशित

माछापुच्छ्रे एसआइपी योजनाको इकाईमा आवेदन दिने आज अन्तिम दिन

माछापुच्छ्रे क्यापिटलले आज (मंसिर १४ गते) देखि सामूहिक लगानी कोष माछापुच्छ्रे एसआइपी योजनाको इकाई सार्वजनिक निष्काशन तथा बिक्री खुला गरेको इकाइमा आजसम्म मात्रै आवेदन दिन सकिने भएको छ । उक्त इकाइमा मागभन्दा बढी आवेदन परेकाले आज कार्यालय समयभित्र मात्रै आवेदन दिन सकिने कम्पनीले जनाएको छ । 

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा २० करोड रुपैयाँ बराबरको २ करोड इकाई बिक्रीमा ल्याएको थियो । एमबीएल सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने सो योजना खुलामुखी प्रकृतिको योजना हो । यस योजनाको कुल आकार ५ करोड इकाई रहेको छ । जसमध्ये १४ प्रतिशत अर्थात ७० लाख इकाई कोष प्रबर्धक माछापुच्छ्रे बैंक र १ प्रतिशत अर्थात ५ लाख इकाई योजना व्यवस्थापक माछापुच्छ्रे क्यापिटलका लागि सुरक्षित गरिएको छ । सर्वसाधारणले १ करोड २५ लाख कित्ता इकाईका लागि आवेदन दिन सक्नेछन् ।

योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक माछापुच्छ्रे क्यापिटल लिमिटेड रहेको छ । उक्त योजनाको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । 
यसका साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत पनि आवेदन दिन सक्नेछन् । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको