अर्थ संसार, काठमाडौं नेपाल राष्ट्र बैंकले विभिन्न पदमा १ सय ५१ जना कर्मचारी माग गरेको छ । आज एक सूचना प्रकाशित गरी कर्मचारी माग गरेको हो ।
बैंकले सहायक निर्देशक पदमा अधिकृत तृतीय श्रेणीतर्फ प्रशासन सेवामा ४५ जना, सहायक पदमा सहायक द्वितीय श्रेणीतर्फ प्रशासन सेवामा ९६ जना र सहायक पदमा नै सूचना प्रविधि श्रेणीतर्फ प्राविधिक सेवामा १० जनागरी कूल एक सय ५१ जनाको लागि दरखास्त आह्वान गरेको हो ।
अनलाइन दरखास्त फाराम फागुन ११ गतेदेखि चैत्र १ गतेसम्म अनलार्इन आवेदन बुझाउन सकिने राष्ट्र बैंकले जनाएको छ । दोब्बर दस्तुर तिरेर चैत्र ८ गतेसम्म बुझाउन सकिने केन्द्रीय बैंकले जनाएको छ ।
विस्तृत रुपमा विज्ञापनमा हेर्नुहोस्
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस