Like us!
Follow us!
Connect us!
Watch us!

नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्न आतुर छु - प्रधानमन्त्री कार्की

अर्थ संसार

बुधबार, ०२ पुस २०८२, १२ : ५५ मा प्रकाशित

नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्न आतुर छु - प्रधानमन्त्री कार्की

प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनमार्फत आउने नयाँ सरकारलाई शक्ति हस्तान्तरण गर्न आफूहरु आतुर रहेको बताएकी छन् । ललितपुर महानगरपालिकाको १०७ औं स्थापना दिवस समारोहमा सम्बोधनको क्रममा प्रधानमन्त्री कार्कीले यस्तो बताएकी हुन् । 

उनले निर्वाचनमार्फत व्यक्त हुने नयाँ जनभावनाअनुरुपको सरकारलाई सत्ता हस्तान्तरण गर्न आतुर रहेको बताउँदै निर्वाचनलाई कम खर्चिलो, स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आ–आफ्नो ठाउँबाट सहयोग गर्न सबैलाई आग्रह गरिन् । प्रधानमन्त्री कार्कीले सरकार सुशासन र निर्वाचन दुई मुख्य एजेन्डामा केन्द्रित रहेको जानकारी दिँदै आउँदो फागुन २१ गते निर्धारित प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्ने अर्जुनृदृष्टिका साथ अहोरात्र खटेर तयारीका काम धेरै अगाडि बढाइसकेको बताइन् ।

‘मुलुकलाई संविधानसम्मत, लोकतान्त्रिक विधि र सुशासनको मार्गमा सुरक्षित तवरले अघि बढाउन हाम्रा सामु रहेको एक मात्र विकल्प भनेको निर्वाचन नै हो। म थप स्पष्ट पार्न चाहन्छु, समाजमा कुनै पनि खालका अराजकताले ठाउँ पाउनुहुँदैन । शान्ति खल्बल्याउने, कानुन हातमा लिनेजस्ता अराजक र आपराधिक क्रियाकलाप नियन्त्रण गर्न सुरक्षा प्रशासन सक्षम र सक्रिय छ। खराब तत्त्वको प्रतिरोध गर्न समुदायको पनि भूमिका उत्तिकै हुन्छ । आउनुहोस्, यसमा हातेमालो गरौँ,’ उनले भनिन् । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको