Like us!
Follow us!
Connect us!
Watch us!

पुँजी बजारका लगानीकर्ताको मनोबल - के भयो भने उत्साहित हुन्छन् लगानीकर्ता ?

अर्थ संसार

विहीबार, ०३ पुस २०८२, १७ : ५८ मा प्रकाशित

पुँजी बजारका लगानीकर्ताको मनोबल - के भयो भने उत्साहित हुन्छन् लगानीकर्ता ?

पछिल्लो समय सेयर बजार लगातार रुपमा घटिरहेको छ । राजनीतिक अन्यौलता अन्यौलता हट्न नसक्दा बजारले गति लिन नसेको हो । जेनजी आन्दोपछिका दिनहरुमा पुँजी बजार निकै सुस्त रहेको छ । यस अघिका ध्वंश वा विनास पछि भने बजारले उच्च लय समातेको देखिन्थ्यो । तर, यो पटक भने त्यसको विपरित भएको छ । 

कोरोना महामारी पछि खुलेको बजार होस् या भुकम्पका कारण बन्द भएर खुलेको होस् । त्यो समयमा सेयर बजरले उच्च विन्दुको रेकर्ड बनाएको इतिहास छ । तर, जेनजी आन्दोलन पछि भने बजारले त्यो लयलाई समात्न सकेन् । यसको प्रमुख कारण हो राजनीतिक अन्यौलता । अहिले राजनीतिक रुपमा अन्यौलता कै अवस्था छ । जेनजी आन्दोलन पछि बनेको सरकारले चुनाव त घोषणा गरेको छ । तर, चुनाव हुन्छ भन्ने अवस्थामा अहिले पनि अन्यौलता नै रहेको छ । बजारले अन्यौलता नरुचाउने भएकाले अहिले बजार बढ्न नसकेको लगानीकर्ताहरुको भनाइ छ ।  बजार बढ्नका लागि लगानी कर्ताको मनोबल उच्च हुनु पर्ने वा उनीहरु बजारप्रति विश्वस्त हुनु पर्ने हुन्छ । तर अहिले लगानीकर्ताहरु सबै कुराले आस्वत हुन सकिरहेका छैनन् । जेनजी आन्दोलनदेखि हालसम्मको अवधिमा सेयर बजार परिसूचक ९३.४२ अंकले घटेको छ । जेनजी आन्दोलन हुनु अघिल्लो दिन भदौ २२ गते परिसूचक २७०८.४५ विन्दुमा रहेको थियो । आज पुस ३ गतेको कारोबार बन्द हुँदा परिसूचक २६१५.०३ विन्दुमा झरेको छ । जेनजी आन्दोल भएको दिन पनि सेयर बजार २६७५.०९ विन्दुमा बन्द भएको थियो । 

जेनजी आन्दोलन पछि असोज २ गते खुलेको सेयर बजारमा ६ प्रतिशतको गिरावट आएर नकारात्मक सर्किटका साथ कारोबार बन्द भएको थियो । त्यस पछिका दिनहरुमा सेयर बजार लगातार रुपमा घटेको छ । यो साता भने सेयर बजार सामान्य बढेको छ । मंसिर २५ गते २६०६.३० विन्दुमा बन्द भएको सेयर बजार यो साताको अन्तिम दिन आज २६१५.०३ विन्दुमा पुगेको छ । यो साता सेयर बजार गत साताभन्दा ९ अंकले बढेको हो । 
घट्नु र बढ्नु पुँजी बजारको सुन्दरता भए पनि लगातार रुपमा घट्नुलाई भने सकारात्मक रुपमा हेर्न नसकिने लगानीकर्ताको भनाइ छ । अहिले सेयर बजारका लागि आवश्यक सबै सूचकहरु पनि सकारात्मक अवस्थामा रहेका छन् । अहिले सेयर बजारमा ३२०० विन्दुको समयको भन्दा पनि सूचकहरु सकारात्मक रहेको लगानीकर्ता छोटेलाल रौनियारको भनाइ छ । सेयर बजार ३२०० विन्दुमा पुग्दाको भन्दा अहिले बजारमा तरलता धेरै रहेको उनको भनाइ छ । 

लगानीकर्ताको मनोबल बढ्नका लागि स्थिरता र पोलिसीमा पनि स्थिरता आवश्यक रहेको रौनियारको भनाइ छ । अहिले बजारका लागि आवश्य पर्ने सबै सूचक सकारात्मक भए पनि नीतिगत अस्थिरताले गर्दा लगानीकर्ताको मनोबल बढ्न नसकेको उनले बताए । नेपाल धितोपत्र बोर्डले पुँजी बजारका विषयमा आउने अनावश्यक हल्लालाई नियन्त्रण गर्नु पर्ने उनले बताए । घटबढ बजारको सुन्दरता भएकाले बजार घट्दा आत्तिने र बढ्दा मातिन्ने गर्न नहुने उनको सुझाब छ । अहिलेको बजारमा मनोबल कमजोर बनाउने भन्दा पनि किनेर राख्ने समय रहेको उनको भनाइ छ । 

स्थिर सरकार नहुनु, राजनीतिक रुपमा अन्यौलता हुनु र आर्थिक वृद्धिमा पनि संकुचन आएकाले लगानीकर्ताको मनोबल बढ्न नसकेको सेयर विश्लेषक श्याम चालिसेको भनाइ छ । सेयर बजार उच्च विन्दुमा पुग्दा लगानीकर्ताको अपेक्षा बढी हुने र तल्लो विन्दुमा पुग्दा तनाब हुने गरेको उनले बताए । सेयर बजार तल्लो विन्दुमा हुँदा सम्भावना बढी हुने भएकाले आत्तिनु नपर्ने उनको भनाइ छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको