इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयरधनीहरुले नकिनेको संस्थापक सेयर आम सर्वसाधारणका लागि बिक्रीमा राखेको छ । संस्थापक सेयरधनीहरुका लागि मात्रै आवेदन माग गरेको अवस्थामा निवेदन नपरेपछि सबैले किन्न पाउने गरि संस्थापक सेयर लिलाम बिक्रीमा राखिएको हो ।
कम्पनीले १३ हजार २५८ कित्ता सेयर खरिद हार्न इच्छुक संस्थापक सेयरधनीहरु तथा सर्वसाधारणले सूचना प्रकाशीत भएको मितिले १५ दिन भित्र निवेदन दिनु पर्ने छ । आवेदन संस्थाको केन्द्रीय कार्यालय गैंडाकोट–२ नवलपरासी (ब.सु.पू.) मा आईपुग्ने गरी आवेदन दिनु पर्ने छ । उक्त संस्थापक सेयरको बिक्री मूल्य प्रचलित नियमानुसार हुनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस