Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन्स सन्तुलित योजनाको १० करोड इकाई बिक्री आजदेखि सुरु, सर्वसाधारणका लागि आवेदन खुला

अर्थ संसार

शुक्रबार, ०४ पुस २०८२, ०८ : १९ मा प्रकाशित

सिटिजन्स सन्तुलित योजनाको १० करोड इकाई बिक्री आजदेखि सुरु, सर्वसाधारणका लागि आवेदन खुला

सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालनमा आउन लागेको ‘सिटिजन्स सन्तुलित योजना’को इकाई बिक्री प्रक्रिया आजदेखि औपचारिक रूपमा सुरु भएको छ। उक्त योजना सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको कोष प्रवर्द्धनमा र सिटिजन्स क्यापिटल लिमिटेडको योजना व्यवस्थापनमा सञ्चालन हुनेछ।

यस योजनामार्फत कुल १० करोड इकाई बजारमा ल्याइँदैछ। कुल निष्कासनमध्ये कोष प्रवर्द्धकका लागि बीज पुँजी स्वरूप १ करोड ५० लाख इकाई सुरक्षित राखिएको छ भने बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारण लगानीकर्ताका लागि बिक्रीमा राखिएको हो।

लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। इकाई खरिदका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाका सबै शाखामार्फत आवेदन दिन सकिनेछ।

योजनाको इकाई बिक्री छिटोमा मंसिर ८ गते बैंकिङ समय समाप्त भएपछि बन्द हुने व्यवस्था गरिएको छ। सो अवधिभित्र पर्याप्त आवेदन नपरेमा ढिलोमा पुस १८ गतेसम्म आवेदन लिन सकिने योजना व्यवस्थापकले जनाएको छ। यस योजनाको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी सिटिजन्स क्यापिटल लिमिटेडले सम्हालेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको