काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह र हाम्रो पार्टी नेपालका सभापति खगेन्द्र सुनारबीच आज काठमाडौंमा भेटघाट भएको छ। भेटका क्रममा समसामयिक राजनीति, देशको अवस्था र भावी राजनीतिक दिशाबारे छलफल भएको बुझिएको छ।
भेटपछि सभापति सुनारले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै वर्तमान राजनीतिक अवस्थाप्रति असन्तुष्टि व्यक्त गरेका छन्। उनले स्थापित दलहरूबीच देखिएको समीकरण र त्यसको परिणामले देशलाई सही दिशामा लैजान नसकेको संकेत गर्दै नयाँ विकल्प आवश्यक भएको धारणा राखेका छन्।
सुनारका अनुसार देश र जनताको हितलाई केन्द्रमा राख्ने राजनीति आजको आवश्यकता हो। उनले “देश पहिला” भन्ने मूल भावनालाई अघि सार्दै व्यक्तिगत वा दलगत स्वार्थभन्दा राष्ट्र सर्वोपरि हुनुपर्ने उल्लेख गरेका छन्। उनको भनाइमा देशका लागि इमानदार र वैकल्पिक राजनीतिक शक्तिहरू एक ठाउँमा उभिनु अहिलेको अपरिहार्यता हो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस