Like us!
Follow us!
Connect us!
Watch us!

चाँदी आयातमा नयाँ व्यवस्था : उद्योगलाई २० लाख र व्यवसायीलाई ४ लाखडलर सम्मसटही सुविधा

अर्थ संसार

सोमबार, १४ पुस २०८२, ०६ : ५६ मा प्रकाशित

चाँदी आयातमा नयाँ व्यवस्था : उद्योगलाई २० लाख र व्यवसायीलाई ४ लाखडलर सम्मसटही सुविधा

नेपाल राष्ट्र बैंकले चाँदी आयात गर्ने उद्योग र व्यवसायीहरूका लागि विदेशी मुद्रा सटहीसम्बन्धी व्यवस्थामा नयाँ सुविधा थप गरेको छ । अब महिनामा एकपटक मात्र चाँदी आयात गर्ने उद्योगहरूले अमेरिकी डलर २० लाखसम्म र अन्य व्यवसायीहरूले अमेरिकी डलर ४ लाखसम्मको सटही सुविधा प्राप्त गर्ने भएका छन् ।

केन्द्रीय बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र–२०८१ संशोधन गर्दै चाँदी आयातको भुक्तानी सीमा र प्रक्रिया परिमार्जन गरेको हो । यससम्बन्धी परिपत्र आइतबार जारी गर्दै वाणिज्य बैंकहरूलाई कार्यान्वयनका लागि निर्देशन दिइएको छ । संशोधित व्यवस्थाअनुसार नियमित रूपमा पटक–पटक आयात नगरी महिनामा एकपटक मात्रै चाँदी आयात गर्नेहरूलाई लक्षित गरी सटही सीमा तोकिएको हो । यसले आयात प्रक्रियामा रहेको जटिलता घटाउने र बैंकिङ प्रणालीमार्फत भुक्तानी गर्न सहज वातावरण सिर्जना गर्ने अपेक्षा गरिएको छ ।

राष्ट्र बैंकका अनुसार नयाँ व्यवस्थाले चाँदी व्यवसायमा संलग्न उद्योग तथा व्यवसायीहरूलाई कच्चा पदार्थ आयातमा सहजीकरण गर्नेछ । साथै, वैदेशिक मुद्रा व्यवस्थापनलाई व्यवस्थित राख्दै वास्तविक व्यवसायिक आवश्यकताअनुसार सटही सुविधा उपलब्ध गराउने उद्देश्य लिइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको