Like us!
Follow us!
Connect us!
Watch us!

नकारात्मक कार्यहरुले प्रश्रय पाउँदा बैंक तथा वित्तिय संस्थाहरुमाथि अट्याक्क हुन थाल्यो - अध्यक्ष कोईराला

अर्थ संसार

सोमबार, १४ पुस २०८२, १७ : ३२ मा प्रकाशित

नकारात्मक कार्यहरुले प्रश्रय पाउँदा बैंक तथा वित्तिय संस्थाहरुमाथि अट्याक्क हुन थाल्यो - अध्यक्ष कोईराला

नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोईरालाले तल्लो वर्गसम्म बैंकहरु पुग्न खोजिरहेको बताएका छन् । सोमवार आर्थिक पत्रकार समाज (सेजन) ले गरेको कार्यक्रममा बोल्दै उनले ग्रामिण क्षेत्रसम्मै बैंकहरु अहिले पुगिरहेको भन्दै उनले तल्लो वर्गलाई माथि उठाएर अर्थतन्त्र चलायमान बनाउन बैंक तथा वित्तीय संस्था निरन्तर लागिपरिरहेको बताएका हुन् । 

उनले बैंक तथा वित्तीय संस्थाले गरेका राम्रो कामहरु ओझेलमा परेको गुनासो गरे । उनले नकारात्मक कार्यहरुले प्रश्रय पाउँदा बैंक तथा वित्तिय संस्थाहरुमाथि आक्रमणका घटनाहरु हुने गरेको समेत बताए । ‘तल्लो वर्ग लागि उठाउन सकियो भने देशको इकोनोमी चलायमान हुनसक्छ । अहिले गभर्नरले पनि बैंकहरुलाई तल्लो तहमा जानुस् इकोनोमी उठ्छ भनिरहनुभएको छ । त्यसमा हामीले आफ्नो ठाउँमा मेहनत गरिरहेका छौं । बैंकहरुले मेची महाकालीको प्रत्येक गाउँपालीका बैंकहरुका शाखा खुलाएका छौँ । वित्तीय साक्षरताको कामहरु पनि चलिरहेको छ । बैंकमा निक्षेप राख्नुस् है साहु महार्जनहरुलाई दिदाँ भोलि अप्ठ्यारो हुन्छ भनिरहेका छौं । हामीले नै लोन प्रवाह गरेका कारण कति घरधुरी कति धेरै समृद्ध भएका छन् । यहाँ अहिले एकपक्षिय कुराहरुमात्रै भइरहेका छन् । जहिले पनि यो डुब्यो, त्यो डुब्यो भन्यौँ तर समृद्ध भएका कुराहरु गरेनौँ । ऋण नतिर्ने मनाशयका व्यक्तिहरुका बारेमा कहीँ पनि चर्चा भएन । खालि एकपक्षिय रुपमा बैंकहरुलाई अट्याक्क गर्ने काम भए । बैंक तथा वित्तीय संस्था नै एउटा यस्तो संस्था हो । सबैभन्दा बढी संगठित, अनुशासित, प्रोफेसनल संस्था नै बैंक तथा वित्तीय संस्था हो । बैंक तथा वित्तिय संस्थाबाट ऋण लिएर सफल भएका मान्छेहरुको स्टोरी कम हुने गरेको छ । हुलदंगा मच्चाउनेहरुको बढी आउने गरेको छ,’ उनले भने । 

कार्यक्रममा बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल २०८२ का संयोजक डा. रेवतबहादुर कार्की राष्ट्र बैंकको नियमन र नियन्त्रणले आज बैंकहरु अप्ठ्यारो स्थीतिमा रहेको बताए । उनले बैंकिङ क्षेत्रको विकास परिणाममा मात्रै नभई गुणस्तरीयताको हिसाबले पनि दक्षिण एशियामै माथि रहेको बताए उनकाअनुसार धेरै नियन्त्रणमा बैंकहरुलाई राष्ट्र बैंकले राख्न हुँदैन । कार्कीले भने– ‘बैंकिङ क्षेत्रको जुन विकास भएको छ, गुणस्तरीयताको हिसावले पनि दक्षिण एशियामै नेपाल त्यति तल छैन् । तर पछिल्लो समय बैंकहरु अल्लि बढी नियन्त्रणात्मक देखियो । जस्तो– गाडी चलाउनुहुन्छ भने ब्रेक नै ब्रेक लगाएर हुँदैन ।’

विगतमा राष्ट्र बैंकले कार्यदल बनाउने तर ती सुझावहरुलाई कार्यान्वयन नगर्ने प्रवृत्ति छ । यसपटक आफूहरुले दिएका सुझावहरुलाई कार्यान्वयन गर्न गभर्नरले चासो देखाउनु सकारात्मक रहेको उनको भनाइ थियो ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको