Like us!
Follow us!
Connect us!
Watch us!

कांग्रेस–एमालेसँगै चुनाव लड्न सक्छ - रघुवीर महासेठ

अर्थ संसार

आइतबार, २० पुस २०८२, १३ : ५३ मा प्रकाशित

कांग्रेस–एमालेसँगै चुनाव लड्न सक्छ  - रघुवीर महासेठ

नेकपा एमालेका उपमहासचिव रघुवीर महासेठले एमाले र कांग्रेस मिलेरै चुनाव लड्न सक्ने बताएका छन् । आज बिहान जनकपुरस्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै उनले देशको परिस्थिति अनुसार कांग्रेससँग मिलेर चुनाव लड्न असम्भव नरहेको बताए ।

उनले भने, ‘देशमा पछिल्लो समय भइरहेको षड्यन्त्र विरुद्धमा गठबन्धनको कुरा राजनीतिमा असम्भव होइन । हुनसक्छ भोलि कांग्रेस–एमालेसँगै चुनाव लड्न सक्छ ।’

देश, संविधान, गणतन्त्र र संघीयताको रक्षाको लागि कांग्रेस एमाले गठबन्धन हुन सक्ने उनको भनाइ थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको