Like us!
Follow us!
Connect us!
Watch us!

विद्या भण्डारीको राजनीतिमा प्रवेश ओलीकै सहमति र प्रस्तावमा हुनेछ: महासेठ

अर्थ संसार

आइतबार, २२ असार २०८२, ११ : ३१ मा प्रकाशित

विद्या भण्डारीको राजनीतिमा प्रवेश ओलीकै सहमति र प्रस्तावमा हुनेछ: महासेठ

नेकपा एमालेका सचिव रघुवीर महासेठले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा संभावित प्रवेशलाई लिएर पार्टीभित्र कुनै प्रकारको अन्तरविरोध नरहेको स्पष्ट पारेका छन्। जनकपुरधाममा आज सञ्चारकर्मीहरूसँग कुरा गर्दै महासेठले बजारमा फैलिएको हल्ला–जस्तै अध्यक्ष केपी शर्मा ओली र भण्डारीबीच मतभेद बढेको र कार्यकर्ताहरू कित्ताकाटमा लागेको भन्ने कुरामा कुनै सत्यता नरहेको दाबी गरे।

उनका अनुसार, विद्यादेवी भण्डारी राजनीतिमा फर्कने हो भने त्यो अध्यक्ष ओलीकै सहमति र प्रस्तावमा हुनेछ। 'उहाँले राजनीतिमा आउने कुरा गर्नु भएको हो, तर कसरी र कहिले भन्नेबारे केही खुलाउनु भएको छैन,'महासेठले बताए।

महासेठका अनुसार न त संविधानले न त एमालेको विधानले पूर्वराष्ट्रपतिलाई सक्रिय राजनीतिमा आउन रोक लगाएको छ। 'यदि उहाँ आउन चाहनुहुन्छ भने हामीले किन रोक्ने? संविधानले त रोक्ने अधिकार दिएको छैन,' उनले भने।

पार्टी सचिवालयमा पनि यसबारे केही छलफल भएको जानकारी दिँदै महासेठले भण्डारीको राजनीतिमा फर्किने निर्णय व्यक्तिगत विषय भएको बताए। भण्डारीले पार्टी सदस्यता नवीकरण गरिसकेको जनाउँदै, उनले पार्टीभित्र कुनै विवाद सिर्जना नगरेको पनि स्पष्ट पारे।

महासेठले केही नेताहरूले मात्र अनावश्यक अन्तरविरोध पैदा गर्न खोजेको र पूर्वराष्ट्रपतिलाई विवादमा तानिएकोप्रति असन्तुष्टि जनाए। 'हाम्रा एक-दुई जना साथीहरुले जुन प्रकारले पूर्वराष्ट्रपतिलाई विवादमा ल्याउने प्रयास गरेका छन्, त्यो उचित होइन,' उनले भने।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको