अर्थ संसार
काठमाडौं–नजिकिँदै गरेको दशैंको पूर्वसन्ध्यामा थाइल्याण्ड नेपाल दशैं फेष्टिवल आयोजना हुने भएको छ । सायम लंचंग बैंककको आयोजना हुने फेस्टिबल असोज १४ देखि १८ सम्म राजधानीको भृकुटी मण्डपमा हुने फेष्टिबलमा
नेपाल, थाइल्याण्ड र बंगलादेशका गरी १ सय ५० भन्दा बढी प्रदर्शनी कक्ष रहने जानकारी आयोजकले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी दिएको छ । नेपालका लागि थाई राजदुताबास, थाइल्याण्ड नेपाल चेम्बर अफ कमर्श तथा ललितपुर उद्योग वाणिज्य संघको विशेष सहयोगमा आयोजना हुन लागेको फेष्टिबलले नेपाल र थाइल्याण्डबीचको व्यवसायिक सम्बन्ध बिस्तारमा टेवा पुग्ने विश्वास थाई राजदुताबासले लिएको छ ।
पत्रकार सम्मेलनमा नेपालका लागि थाई राजदुत भुटी भुटीसान्टले दुई मुलुकका बिचमा फेष्टिवलले व्यवसायिक सम्बन्ध बिस्तार गर्ने भन्दै अवलोकनमा आउन सर्बसाधारणलाई आग्रह गरे । थाई एयरवेजले प्रवद्र्धन गरेको फेष्टिबलले गुणस्तरीय उत्पादनको प्रयोगमा नेपाली उपभोक्तालाई अभ्यस्त बनाउन सहयोग पुग्ने विश्वार आयोजकको छ । फेस्टिवलको मार्केटिंङ पार्टनर गुड नेटवर्क तथा मार्केटर रहेका छन् । एक्स्पोमा ३० भन्दा बढी बंगलादेशी व्यवसायीले आफ्ना उत्पादनहरुको प्रदर्शन तथा बिक्रि गर्नेछन् । त्यसै गरी थाइल्याण्डका ४० भन्दा बढी व्यवसायीको पनि फेष्टिवलमा सहभागिता रहनेछ ।
निर्माण सामग्री, तयारी पोशाक, प्लाष्टिकजन्य उत्पादन, सेरामिक्स, खाद्यान्न तथा खाद्य पदार्थ, छालाजन्य उत्पादन, टेक्सटाइलका उत्पादन, औषधिजन्य उत्पादन, सौन्दर्य सामग्री, जुत्ता चप्पल, विद्युतीय सामग्री एक्स्पोको आकर्षणका रुपमा रहने छन् । त्यसै गरी हस्तकलाका उत्पादन, कृषिजन्य उत्पादन तथा औजार, तयारी खाद्य सामग्री, प्रविधिजन्य सेवा सुविधा तथा पर्यटनसम्बन्धी वस्तु तथा सेवा एक्स्पोका अवलोकनकर्ताको आकर्षण बन्ने छ ।
एक्स्पोमा नेपालका तर्फबाट व्यवसायीहरुले बैंकक आयात गर्न चाहनेहरुलाई लक्षित गर्दै आफ्ना उत्पादनहरुको प्रदर्शनी तथा बिक्रि बितरण गर्ने छन् । जसले नेपालमा उत्पादित वस्तु तथा सेवाको पहुँच बैंकक पुर्याउन र नेपाली उत्पादन निर्यात प्रवद्र्धन गर्न सहयोग पुर्याउने विश्वास आयोजकको छ । यसका अलावा पछिल्लो समय विकास भएका प्रविधिको नेपाल र बैंकक साटासाट गर्न पनि एक्स्पोले महत्वपुर्ण योगदान पुर्याउने विश्वास पत्रकार सम्मेलनमा आयोजकले ब्यक्त गरे ।
१२ असोज, ०७३
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस