Like us!
Follow us!
Connect us!
Watch us!

मोबाइल–इन्टरनेट बैंकिङको प्रयोग बढ्दै, शाखा रहित बैंकिङ सेवाकेन्द्र घट्दै

अर्थ संसार

मंगलबार, २२ पुस २०८२, १२ : १४ मा प्रकाशित

मोबाइल–इन्टरनेट बैंकिङको प्रयोग बढ्दै, शाखा रहित बैंकिङ सेवाकेन्द्र घट्दै

पछिल्लो समयमा नेपाली बैंकिङ क्षेत्रमा मोबाइल र इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्या बढ्दै गएको छ । मोबाइल र इन्टरनेट बैंकिङ प्रयोगकर्ताहरुको संख्या बढ्दै जाँदा त्यसको प्रभाव शाखारहित सेवाकेन्द्र र शाखारहित सेवा ग्राहकको संख्या घट्दै गएको छ । 

अहिले धेरैले मोबाइल बैङिक प्रयोग गर्ने गरेका छन् । चेक प्रयोग गर्ने क्रम विस्तारै कम हुँदै गइरहेको छ । केही वर्षअघिसम्म पनि बैंक तथा फाइनान्स कम्पनीहरूले खर्च कटौती र बैंकिङ सेवा तथा पहुँच विस्तारको लागि भन्दै शाखा रहित सेवा केन्द्रहरू सञ्चालनमा ल्याउने गरेका थिए । तर पछिल्लो समय जेन–जी आन्दोलन, बैंकिङ क्षेत्रमा आएको सुस्तता आदिले गर्दा शाखारहित सेवा केन्द्र बैंकहरू स्वयम्लाई घाँडो बन्दै गएको छ । यसले पनि मोबाइल र इन्टरनेट बैंकिङप्रति ग्राहकको रुचि बढाएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा नेपाली बैंकिङ क्षेत्रमा कुल शाखारहित सेवा केन्द्रको संख्या जम्मा ८०० छ । जसमध्ये वाणिज्य बैंकमा ७९६, विकास बैंकमा ४ र फाइनान्समा शून्य रहेको छ । गत आवको सोही अवधिमा वाणिज्य बैंकहरूको १ हजार ७२२, विकास बैंकहरूको १७ र फाइनान्स कम्पनीहरूको शून्य गरी कुल १ हजार ८९ स्थानमा शाखारहित बैंकिङ सेवा केन्द्रहरू सञ्चालनमा थिए । 
सोअनुसार चालू आवको कात्तिक मसान्तसम्ममा वाणिज्य बैंकहरूमा २ लाख ७६ हजार ८ र विकास बैंकहरूमा ५४७ गरी कुल २ लाख ७६ हजार ५५५ जना शाखारहित सेवाग्राहीहरू रहेका छन् । गत आवको सोही अवधिमा भने वाणिज्य बैंकहरूमा २ लाख ९७ हजार २२९ र विकास बैंकहरूमा १ हजार ३६३ समेत गरी कुल २ लाख ९८ हजार ५९२ जना शाखारहित सेवाग्राही रहेका थिए ।

राष्ट्र बैंकका अनुसार नेपालमा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या करिब ३ करोड पुगेको छ । चालू आवको कात्तिक मसान्तसम्ममा सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंक, १७ वटा विकास बैंक र १७ वटा फाइनान्स कम्पनीसहितका ५४ वटा संस्थाहरूमा मोबाइल बैंकिङ प्रयोगकर्ताहरूको कुल संख्या २ करोड ८६ लाख १ हजार ४८८ पुगेको हो । जसमध्ये वाणिज्य बैंकहरूमा २ करोड ४५ लाख २७ हजार १२४, विकास बैंकहरूमा ३७ लाख ६५ हजार ६९ र फाइनान्स कम्पनीहरूमा ३ लाख ९ हजार २९५ जना मोबाइल बैंकिङ ग्राहक संख्या रहेको छ । गत आवको सोही अवधिमा भने वाणिज्य बैंकहरूमा २ करोड २० लाख ६३ हजार ६७०, विकास बैंकहरूमा ३४ लाख ३१ हजार ६५५ र फाइनान्स कम्पनीहरूमा २ लाख ६२ हजार ९१७ समेत गरी कुल २ करोड ५७ लाख ५८ हजार २४२ जना मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या रहेको थियो ।

पछिल्लो समय नेपालमा इन्टरनेट बैंकिङ ग्राहक संख्या भने २३ लाख २६ हजार १९८ पुगेको छ । जसमध्ये वाणिज्य बैंकहरूमा १६ लाख ९८ हजार ४०५, विकास बैंकहरूमा ६ लाख ८ हजार ४४९ र फाइनान्स कम्पनीहरूमा १९ हजार ३४४ रहेको थियो । राष्ट्र बैंकका अनुसार गत आवको सोही अवधिमा भने वाणिज्य बैंकहरूमा १४ लाख ३८ हजार ३८५, विकास बैंकहरूमा ६ लाख २ हजार ३६२ र फाइनान्स कम्पनीहरूमा १६ हजार ६९१ समेत गरी कुल २० लाख ५७ हजार ४३८ मोबाइल बैंकिङ ग्राहक संख्या रहेको थियो ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको