Like us!
Follow us!
Connect us!
Watch us!

निर्वाचन प्रहरीमा भर्ना खुल्यो, पूर्व सुरक्षाकर्मी र म्यादीलाई प्राथमिकता

अर्थ संसार

विहीबार, २४ पुस २०८२, ०८ : २१ मा प्रकाशित

निर्वाचन प्रहरीमा भर्ना खुल्यो, पूर्व सुरक्षाकर्मी र म्यादीलाई प्राथमिकता

नेपाल प्रहरीले ठूलो संख्यामा निर्वाचन प्रहरीका लागि भर्ना खुलाएको छ । नेपाल प्रहरीले फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचन लक्षित गर्दै १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरीका लागि दरखास्त आह्वान गरेको हो ।

१८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका साधारण लेखपढ गर्न जान्ने, फौजदारी कसूरमा अदालतबाट सजाय नपाएको, राजनीतिक दलको सदस्य नरहेको, शारीरिक एवं मानसिक रूपले ठीक रहेको नेपाली नागरिकले आवेदन दिन सक्नेछन् ।

निर्वाचन प्रहरी भर्ना गर्दा पूर्व सुरक्षाकर्मी वा वन रक्षक, नेपाली सेना, नेपाल प्रहरी वा सशस्त्र प्रहरीमा २०८१ माघ १ गतेदेखि २०८२ पुस मसान्तसम्म विभिन्न पदमा भर्नाका लागि आवेदन दिई शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएका, यसअघि म्यादी प्रहरीमा भर्ना भई सन्तोषजनक काम गरेका र विदेशी मित्र राष्ट्रका सुरक्षा निकायमा काम गरी सेवानिवृत्त भएका नेपाली नागरिकले प्राथमिकता पाउनेछन्।

 

695f189b92dca.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको