Like us!
Follow us!
Connect us!
Watch us!

सवारी साधन कर्जा करिब ३ प्रतिशतले बढ्यो, मंसिरसम्म १ खर्ब ३० अर्ब बढीको सवारी कर्जा प्रवाह

अर्थ संसार

विहीबार, २४ पुस २०८२, १२ : ३७ मा प्रकाशित

सवारी साधन कर्जा करिब ३ प्रतिशतले बढ्यो, मंसिरसम्म १ खर्ब ३० अर्ब बढीको सवारी कर्जा प्रवाह

बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने सवारीसाधान कर्जामा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकक अनुको चालु आर्थिक वर्षको मंसिर मसान्तसम्मको अवधिमा २.८४ प्रतिशतले यस्तो कर्जा वृद्धि भएको हो । 

यो अवधिमा बैंक तथा वित्तीय संस्थाबाट १ खर्ब ३० अर्ब भन्दा बढी सवारी साधन कर्जा प्रवाह गरेको छ । नेपाल राष्ट्र बैंक अनुसार मंसिर मसान्तसम्म १ खर्ब ३० अर्ब ३१ करोड ९० लाख रुपैयाँ सवारी साधन कर्जा प्रवाह गरेको हो । यो रकम गत आवको तुलनामा २.८४ प्रतिशत अर्थात ३ अर्ब ६० करोड १० लाख रुपैयाँले बढी हो । गत आवमा बैंक तथा वित्तीय संस्थाबाट १ खर्ब २६ अर्ब ७१ करोड १८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

यो अवधिमा वाणिज्य बैंकहरुले १ खर्ब भन्दा बढी कर्जा प्रवाह गरेको छ । मंसिर मसान्तसम्म वाणिज्य बैंकले १ खर्ब १४ अर्ब ८७ करोड  रुपैयाँ यस्तो कर्जा प्रवाह गरेका छन् । यो रकम गत आवको तुलनामा ४.८५ प्रतिशत अर्थात ५ अर्ब ३१ करोड ७० लाख बढी हो । २० वाणिज्य बैंक मध्य सबै भन्दा बढी यो शिर्षकको  कर्जा ग्लोबल आईएमई बैंकले प्रवाह गरेको छ । यो बैंकले १५ अर्ब ५४ करोड ८४ लाख रुपैयाँको सवारी साधन कर्जा प्रवाह गरेको हो ।

त्यस्तै विकास बैंकहरुको यस्तो कर्जा प्रवाह १४.७० प्रतिशतले घटेको छ । विकास बैंकले चालु आवमा ११ अर्ब ७८ करोड २० लाख कर्जा प्रवाह गरेको छ । गत आवमा १३ अर्ब ८१ करोड २० लाख रुपैयाँ सवारी साधन कर्जा प्रवाह गरेको थियो । वित्त संस्थाबाट चालु आवमा ३ अर्ब ६६ करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । यो रकम गत आवको सोही अवधिको तुलानामा ९.३७ प्रतिशत अर्थात ३१ करोड ४० लाख रुपैयाँले बढेको छ । गत आवमा वित्त संस्थाहरुबाट ३ अर्ब ३५ करोड २० लाख रुपैयाँ सवारी साधन कर्जा प्रवाह गरेको थियो ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको