Like us!
Follow us!
Connect us!
Watch us!

रास्वपा र उज्यालो नेपालबीच एकता भाँडियो

अर्थ संसार

शनिबार, २६ पुस २०८२, १५ : ०३ मा प्रकाशित

रास्वपा र उज्यालो नेपालबीच एकता भाँडियो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र कुलमान घिसिङ संरक्षित दल उज्यालो नेपाल पार्टीबीच एकता भाँडिएको छ । कुलमान पक्षले रास्वपामा वरिष्ठ उपसभापतिसँगै पार्टीको नाम परिवर्तनको प्रस्ताव गरेपछि एकता भंग भएको रास्वपा निकट स्रोतले जनाएको छ । 

स्रोतका अनुसार काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)सहित भएका पछिल्ला छलफलहरूमा सहमति जुट्न नसकेको हो । ऊर्जामन्त्री पदबाट राजीनामा दिएका कुलमान यसबीच पटकपटक रास्वपा सभापति रवि लामिछानेसहितको छलफलमा थिए ।

राजीनामा दिनेक्रममा उनले आफू कुनै पनि पार्टीको सदस्य नभएको, रास्वपासँग समझदारी भए पनि कार्यान्वयन चरणमा नपुगेको उनले बताएका थिए । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको