Like us!
Follow us!
Connect us!
Watch us!

रामेश्वर बस्याल सिद्धार्थ बैंकको सीईओ नियुक्त

अर्थ संसार

आइतबार, २७ पुस २०८२, ०७ : ४७ मा प्रकाशित

रामेश्वर बस्याल सिद्धार्थ बैंकको सीईओ नियुक्त

सिद्धार्थ बैंक लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रामेश्वर प्रसाद बस्याललाई नियुक्त गरेको छ । बैंक सञ्चालक समितिले उनलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

सन् २००५ देखि सिद्धार्थ बैंकमा आबद्ध भएका उनले प्रबन्धकदेखि सुरु गरी वरिष्ठ प्रबन्धक, सहायक महाप्रबन्धक, नायव महाप्रबन्धक, सहायक प्रमुख कार्यकारी अधिकृत र नायव प्रमुख कार्यकारी अधिकृतसम्मको नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका छन् ।

आफ्नो साढे तीन दशक लामो करियरमा बस्यालले सन् १९८९ देखि २००५ सम्म नबिल बैंक लिमिटेडमा विभिन्न जिम्मेवार पदहरूमा रहेर कार्य गरेका थिए ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको