Like us!
Follow us!
Connect us!
Watch us!

कामना सेवा विकास बैंकद्वारा लम्की मानव सेवा आश्रमलाई न्यानो सामग्री वितरण

अर्थ संसार

बुधबार, ३० पुस २०८२, १७ : ०१ मा प्रकाशित

कामना सेवा विकास बैंकद्वारा लम्की मानव सेवा आश्रमलाई न्यानो सामग्री वितरण

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय लम्की मार्फत लम्की मानवसेवा आश्रम, कैलालीका असहाय, बेसाहारा तथा संरक्षणविहीन वृद्धआमाबुबा र टुहुरा बालबालिकालाई न्यानो सामग्री वितरण गरेको छ । बैंकको लम्की शाखा प्रमुख भिम राज जैसीले लम्की मानवसेवा आश्रम, कैलालीका सञ्चालक विनोद थापालाई ब्लाङकेट, म्याट्रेस, सिरक तथा अन्य चिसो मौसमका लागि आवश्यक न्यानो सामग्री वितरण गरेका छन् ।

बैंकका लम्की शाखा प्रमुख जैसीलेबैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको सो कार्यक्रम लम्की मानव सेवा आश्रमलाई महत्वपुर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । यसरी जाडोयाममा न्यानो सामग्री वितरण भएकोमा आश्रमका बेसाहारा वृद्ध तथा बालबालिकाहरुको जीवनमा न्यानोपन, सुरक्षा तथा आत्मबल थपिने विश्वास सञ्चालक थापाले खुशी व्यक्त गरी यस मानवीय पहलप्रति आभार व्यक्त गदैं बैंकलाई धन्यवाद ज्ञापन गरेका छन् ।

उक्त वितरण कार्यक्रममा बैंकका कर्मचारी, मानवसेवा आश्रमका महानुभावहरु तथा स्थानीयको उपस्थिती रहेको थियो । यससँगै बैंकले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका कार्यक्रमहरुलाई निरन्तरता दिने छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको