Like us!
Follow us!
Connect us!
Watch us!

एन आई सी एशिया बैंकको सञ्चालकमा अनुपा प्रधान राजभण्डारी नियुक्त

अर्थ संसार

बुधबार, ३० पुस २०८२, १७ : ०३ मा प्रकाशित

एन आई सी एशिया बैंकको सञ्चालकमा अनुपा प्रधान राजभण्डारी नियुक्त

बैंकिङ्ग क्षेत्रमा झन्डै तीन दशक अनुभव संगालेकी अनुपा प्रधान राजभण्डारी यस बैंकको सर्वसाधारण सेयरधनी समूहबाट सञ्चालक पदमा नियुक्त भएकी छिन् । नवनियुक्त सञ्चालक अनुपा प्रधान राजभण्डारीज्यूले सञ्चालक समितिका अध्यक्ष अशोक कुमार अग्रवालबाट पद तथा गोपनियताको सपथ ग्रहण समेत लिएकी छिन् । 

बिजनेस एड्मिनिस्ट्रेसनमा स्नातकोत्तर गर्नु भएको उनले तत्कालिन बैंक अफ काठमाडौंमा विभिन्न विभागको नेतृत्व सम्मालेकी थिइन् । बैंकको सञ्चालक पदमा नियुक्त भएकोमा अनुपा प्रधान राजभण्डारीलाई सफल कार्यकालको कामना गर्दै सम्पूर्ण बैंक परिवार हार्दिक स्वागत तथा बधाई ज्ञापन गर्दछ ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको