शेरबहादुर देउवाको नेतृत्वमा रहेको नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गगन थापाको नेतृत्वमा रहेको समूह निर्वाचन आयोग पुगेको घटनालाई लोकतन्त्रमाथिको षडयन्त्रको संकेतका रूपमा व्याख्या गरेका छन्।
शुक्रबार पार्टीका पदाधिकारी तथा केन्द्रीय सदस्यहरूसहित दलबलका साथ निर्वाचन आयोग पुगेका कार्यवाहक सभापति खड्काले आयोगका पदाधिकारीसमक्ष गगन थापा नेतृत्वको समूह कांग्रेसको आधिकारिकताका लागि पुगेको कदम लोकतन्त्रमाथिको षडयन्त्र भएको दाबी गरेका हुन्।
उनले भने, ‘नेपालको संविधानमाथि, नेपालको लोकतन्त्रमाथि, नेपालको हामीले गरेको परिवर्तनमाथि जुनखालको गम्भीर षडयन्त्रका संकेतहरू देखिन थालेका छन्। त्यही षडयन्त्रको ठूलो संकेतको रूपमा निर्वाचन आयोगमा आएर केही व्यक्तिहरूले हामी कांग्रेसको दाबा गर्न आयौं भनेर सञ्चार माध्यमबाट जानकारी पायौं ।’
कार्यवाहक सभापति खड्काले १४ औं महाधिवेशनमा निर्वाचित केन्द्रीय कार्यसमिति नै कांग्रेसको आधिकारिक भएको जिकिर पनि गरे ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस