पछिल्लो एक हप्तामा सुनको मूल्य ९ हजार ४०० रुपैयाँले बढेको छ । गत पुस २५ गते शुक्रबार २ लाख ६७ हजार ८०० रुपैयाँ रहेको सुनको मूल्य माघ २ गते शुक्रबारसम्म आइपुग्दा ९ हजार ४०० रुपैयाँले बढेर २ लाख ७७ हजार २०० रुपैयाँमा कारोबार भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, गत पुस २७ गते आइतबार सुनको मूल्य बढेर २ लाख ७० हजार ६०० रुपैयाँ पुगेको थियो । त्यस्तै, पुस २८ गते सोमबार पुनः ४ हजार १०० रुपैयाँले बढेर २ लाख ७४ हजार ७०० रुपैयाँ पुगेको थियो । त्यस्तै, अघिल्लो दिनको तुलनामा पुस २९ गते मंगलबार १ हजार ८०० रुपैयाँले मूल्य बढेर २ लाख ७६ हजार ५०० रुपैयाँ पुग्यो । पुस ३० गते बुधबार १ हजार ५०० रुपैयाँले सुनको मूल्य बढेर २ लाख ७८ हजार रुपैयाँमा कारोबार भयो । जुन नेपाली बजारमा हालसम्मकै उच्च मूल्य हो ।
त्यस्तै, माघ १ गते बिहीबार भने १ हजार ५०० रुपैयाँले घटेर २ लाख ७६ हजार ५०० रुपैयाँ कायम भयो । माघ २ गते शुक्रबार पुनः ७०० रुपैयाँले बढेर सुन प्रतितोला २ लाख ७७ हजार २०० रुपैयाँमा कारोबार भएको हो । पछिल्ला दिनहरुमा सुनको मूल्य बढ्नुको पछि धेरै कारण रहेको सुन व्यवसायीहरु बताउँछन् । सुनको मूल्य लगातार बढ्नुमा केही आन्तरिक र बाह्य कारण रहेको व्यवसायी बताउँछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस