नेपाली बजारमा पछिल्लो एक हप्ताको अवधिमा सुनको मूल्यमा ठूलो उतारचढाव देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार, गत असार २६ गते शुक्रबारदेखि साउन १ गते शुक्रबारसम्मको अवधिमा सुनको मूल्यमा ५ हजार ३०० रुपैयाँको गिरावाट आएको हो ।
महासंघका अनुसार, गत २६ गते सुन प्रतितोला २ लाख ८७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । २८ गते आइपुग्दा मूल्यमा ६०० रुपैयाँले वृद्धि भई प्रतितोला २ लाख ८८ हजार रुपैयाँ पुगेको थियो । त्यस्तै असार २९ गते सोमबारदेखि सुनको मूल्यमा गिरावट सुरु भएको देखिन्छ । २९ गते सोमबार घटेर २ लाख ८५ हजार ५०० मा झरेको सुन ३० गते झनै ओरालो लाग्दै २ लाख ८४ हजार २०० रुपैयाँमा आइपुगेको थियो । यो साताभरिको तथ्याङ्कमा ३० गते सुनको मूल्य सबैभन्दा न्यून विन्दुमा आइपुगेको छ ।
महिनाको अन्तिम दुई दिन अर्थात् ३१ र ३२ गते भने सुनको मूल्यमा पुनः सामान्य बढ्यो । ३१ गते ८०० रुपैयाँले बढेर तोलाको २ लाख ८४ हजार ८०० रुपैयाँ पुगेको थियो । त्यस्तै असार ३२ गते पनि ४०० रुपैयाँले मूल्य वृद्धि भई २ लाख ८५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । यद्यपि, नयाँ महिनाको पहिलो दिन अर्थात् साउन १ गते भने सुनको मूल्यमा पुनः भारी गिरावट आएको छ । ३२ गतेको तुलनामा ३ हजार १०० रुपैयाँले घटेर साउन १ गते सुन प्रतितोला २ लाख ८२ हजार १०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस