आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको पहिलो खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गरेको छ । थाइल्यान्डले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेसँगै नेपालले पहिले ब्याटिङ गर्ने भएको हो ।
प्रतियोगिताको समूह ‘बी’ मा रहेको नेपालले थाइल्यान्ड, नेदरल्यान्ड्स, जिम्बाबे र स्कटल्यान्डसँग खेल्नेछ । समूह चरणको शीर्ष ३ मा पर्न सके नेपाली टोली सुपर सिक्समा पुग्नेछ । त्यसपछि शीर्ष ४ मा पर्नुपर्नेछ । शीर्ष ४ मा पर्ने टोली विश्वकपमा पुग्ने प्रावधान छ । नेपाललाई घरेलु मैदानमै खेलेर यो इतिहास रच्ने अवसर छ ।
नेपालको प्लेइङ ११ : इन्दु बर्मा, पूजा महतो, सम्झना खड्का, बिन्दु रावल, रुबिना क्षेत्री, कविता कुँवर, रिया शर्मा, कविता जोशी, सोमु विष्ट, सीता राना मगर, काजल श्रेष्ठ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस