Like us!
Follow us!
Connect us!
Watch us!

एमबाप्पेलाई गोल्डेन बुट

अर्थ संसार

सोमबार, ०४ साउन २०८३, १० : ३४ मा प्रकाशित

एमबाप्पेलाई गोल्डेन बुट

फ्रान्सका कप्तान केलिन एमबाप्पेले विश्वकपमा सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट अवार्ड जिते । टोलिलाई उपाधि जिताउन नसके पनि उनले व्यक्तिगत रुपमा भने उक्त उपलब्धि हासिल गरेका हुन् ।

उनले विश्वकपभर सर्वाधिक १० गोल गरे । एमबाप्पे लगातार दुई पटक गोल्डेन बुट अवार्ड जित्ने पहिलो खेलाडी समेत बने । अघिल्लो विश्वकपमा पनि उनले गोल्डेन बुट जितेका थिए । उनको मात्रै होइन समूह चरणदेखि नकआउट चरणसम्म फ्रान्सको प्रदर्शन पनि जबरजस्त थियो । सेमिफाइनलमा स्पेनसँग २–० ले पराजित हुँदै फ्रान्स उपाधि होडबाट बाहिरियो । एमबाप्पेले सन् २०१८ मा १९ वर्षकै उमेमरमा फ्रान्सबाट विश्वकप उपाधि जितेका थिए । त्यसको चार वर्षपछि कतारमा विश्वकप हुँदा एमबाप्पे परिपक्क भइसकेका थिए र फ्रान्सलाई फाइनल पुर्‍याउँदै गोल्डेन बुट अवार्ड जिते ।

फाइनलमा अर्जन्टिना विरुद्ध ह्याट्रिक गरेपनि पेनाल्टीसुटआउटमा फ्रान्स अभागी बन्दा एमबाप्पे लगातार विश्वकप ट्रफी उचाल्नबाट बन्चित भए । पहिलो विश्वकपमा ४ गोल गरेका उनले २०२२ मा सर्वाधिक ८ गोल गर्दै व्यक्तिगत अवार्ड जितेका थिए । आफ्नो तेस्रो विश्वकपमा एमबाप्पे कप्तान नै बने । २७ वर्षको उमेरमा फ्रान्सको कप्तानी गर्दा भने एमबाप्पेले टिमलाई फाइनल पुर्‍याउन सकेनन् ।

विश्वकपकै सर्वाधिक गोलकर्ता

उनले यसअघिका दुई विश्वकपमा गरेको १२ गोलले पनि त्यो पुष्टि गरिसकेको थियो । यस पटक त झन् बढी गोलमेसिनको रूपमा एमबाप्पे देखा परे । उनले ८ खेल खेल्दा समूह चरणमा नर्वे र सेमिफाइनलमा स्पेन बाहेक ६ खेलमा गोल गरे । जसमा एमबाप्पेले सर्वाधिक १० गोल गरे ।
तीन संस्करणमा गरी कूल २२ खेलमा २२ गोल नै गरे । उनले सर्वाधिक गोलकर्ता बन्न विश्व फुटबलकै महान खेलाडी अर्जेन्टिनाका कप्तान लियोनल मेसी (२१) लाई पछि पारे । मेसीले ३३ खेलमा २१ गोलको कीर्तिमान बनाएका थिए । तर एमबाप्पेले ११ खेल कम खेलेर मेसीको कीर्तिमान तोडे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको