Like us!
Follow us!
Connect us!
Watch us!

आईसीसी विश्वकप लिग २ : नामिबिया विरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल

अर्थ संसार

मंगलबार, ०५ साउन २०८३, १४ : ४० मा प्रकाशित

आईसीसी विश्वकप लिग २ : नामिबिया विरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल

आईसीसी विश्वकप लिग २ अन्तर्गत नामिबिया विरुद्धको खेलमा नेपाली टोलिले पहिले ब्याटिङ गर्ने भएको छ । नेदरल्याण्ड्सको उट्रेक्टमा नामिबियाले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेसँग नेपालले पहिले ब्याटिङ गर्ने भएको हो । 

लिग दुईमा नेपाल २४ अंक सहित तालिकाको पाँचौं र नोमिबिया २२ अंक सहित तालिकाको सातौं स्थानमा छन् । आजको खेलमा जित निकाल्दै तालिकामा सुधार गर्ने योजनामा दुवै टोलि रहेका छन् । 

प्रतियोगिताको तयारीका लागि नेपालले जर्सीसँग दुुई खेलको एक दिवसिय सिरिज खेलेको थियो । जहाँ नेपाल दुवै खेलमा विजयी भएको थियो । उक्त खेलको नतिजालाई नै निरन्तर्ता दिने योजनाका साथमा नेपाली टोलि रहेको छ । 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको