Like us!
Follow us!
Connect us!
Watch us!

अफ्रिका कप अफ नेसन्स : सेनेगल च्याम्पियन

अर्थ संसार

सोमबार, ०५ माघ २०८२, ०९ : २४ मा प्रकाशित

अफ्रिका कप अफ नेसन्स : सेनेगल च्याम्पियन

सेनेगल अफ्रिका कप अफ नेसन्सको च्याम्पियन बनेको छ । रबातमा आइतवार भएको फाइनलमा मोरोक्कोलाई १–० ले हराउँदै सेनेगलले अफ्रिका कप अफ नेसन्सको उपाधि जितेको हो ।

खेल निकै तनावपूर्ण र विवादित रह्यो । निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि अतिरिक्त समय खेलाइएको थियो । अतिरिक्त समयको चौथो मिनेटमा पापे गुएयेले शक्तिशाली प्रहार गर्दै टोलीलाई अग्रता दिलाए । त्यहि गोल खेलको निर्णायक गोल बन्यो ।‌

दोस्रो हाफको इन्जुरी समयमा खेलमा विवाद उत्पन्न भयो । भिएआरको सहयोगमा मोरोक्कोलाई पेनाल्टी दिइयो तर ब्राहिम डियाजको प्रहार सेनेगलका गोलरक्षकले बचाए । त्यसअघि इस्माइला सारले सेनेगलका लागि गोल गरेको दाबी गरे पनि रेफ्रीको निर्णयका कारण भिएआरको प्रयोग गरिएन । त्यो निर्णयप्रति असन्तुष्टि जनाउँदै सेनेगलका खेलाडी केहीबेर मैदान छाडेर विरोधमा उत्रिएका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको