Like us!
Follow us!
Connect us!
Watch us!

रेनु दाहालले गराइन् चितवन–३ बाट मनोनयन दर्ता

अर्थ संसार

मंगलबार, ०६ माघ २०८२, १५ : ४२ मा प्रकाशित

रेनु दाहालले गराइन् चितवन–३ बाट मनोनयन दर्ता

नेपाली कम्युनिष्ट पार्टीबाट चितवन क्षेत्र नम्बर ३ मा रेनु दाहालले उम्मेदवारी दर्ता गराएकी छन् । मंगलबार चितवनको रामपुरस्थित कृषि तथा वन विश्वविद्यालयमा रहेको निवार्चन अधिकृतको कार्यालयमा पुगेर दाहालले उम्मेदवारी दर्ता गराएकी हुन् ।

उनले आफूले चितवनमा धेरै विकासका काम गरेकाले जनताले विश्वास गर्ने बताइन् । त्यसअघि दाहालले मंगलबार बिहान भरतपुर महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएकी थिइन् । दाहाल यसअघि दुई पटक भरतपुर महानगरपालिकाको मेयर पदमा निर्वाचित समेत भएकी थिइन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको