Like us!
Follow us!
Connect us!
Watch us!

आईपीओ जारी गर्दै प्रिमियर डिस्टिलरी, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल

अर्थ संसार

विहीबार, ०८ माघ २०८२, १० : २२ मा प्रकाशित

आईपीओ जारी गर्दै प्रिमियर डिस्टिलरी, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल

प्रिमियर डिस्टिलरी लिमिटेडले आईपीओ ल्याउने तयारी गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २२ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्ने भएको हो। उक्त आईपीओ निष्कासनका लागि बिक्री प्रबन्धकको रूपमा सिद्धार्थ क्यापिटललाई नियुक्त गरिएको छ।

बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौतापत्रमा प्रिमियर डिष्टिलरी लिमिटेडका तर्फबाट सञ्चालक गौरव शारडा र सिद्धार्थ क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्दिप कार्कीले हस्ताक्षर गरेका हुन् ।

विसं २०६९ सालमा सुनसरीको दुहबीमा एक अर्बभन्दा बढी लगानीमा स्थापना गरिएको प्रिमियर डिस्टिलरी नेपालका सबैभन्दा आधुनिक एकीकृत मदिरा उत्पादन उद्योगहरूमध्ये एक हो । यसले भोड्का, ह्विस्की, रम र जीनका लागि आवश्यक अन्नमा आधारित ग्रेन–बेस्ड एक्स्ट्रा न्यूट्रल अल्कोहल उत्पादन गर्दै आइरहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको