Like us!
Follow us!
Connect us!
Watch us!

सानोठिमीको बाल सुधारगृहमा झडप र आगजनी, बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन

अर्थ संसार

शुक्रबार, ०९ माघ २०८२, ०८ : ०७ मा प्रकाशित

सानोठिमीको बाल सुधारगृहमा झडप र आगजनी, बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन

भक्तपुरको मध्यपुरथिमि–२ सानोठिमीस्थित बाल सुधारगृहमा दुई पक्षबीच झडप र आगजनी भएको छ । गएराति बाल सुधार गृहमा राखिएका दुई समूहबीच झडप, आगजनी र तोडफोड समेत भएको प्रहरीले जनाएको छ । 

प्रहरीले झडप नियन्त्रणमा लिन नसकेपछि सशस्त्र प्रहरीको टोली परिचालन गर्नुपरेको छ । झडपको जानकारी पाएपछि थिमि प्रहरी वृत्तका प्रमुख नवराज ढुङ्गाना नेतृत्वको टोली सुधारगृह पुगेर स्थिति नियन्त्रणमा लिने प्रयास गरेको थियो । झडपमा संलग्न दुवै समूहले प्रहरीमाथि नै ढुङ्गामुढा गरेपछि स्थिति झन् तनावपूर्ण बनेको थियो ।

स्थिति नियन्त्रण बाहिर गएपछि सशस्त्र प्रहरी बलबाट ५० जनाको टोली परिचालन गरिएको हो । आक्रोशित समूहले मध्यरातमा आगजनी समेत गरेपछि भक्तपुर र काठमाडौंका दमकल प्रयोग गरी आगो निभाइएको थियो ।
सानोठिमीस्थित बाल सुधारगृहमा १४५ पुरुष र २४ महिला गरी १६९ जना छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको