Like us!
Follow us!
Connect us!
Watch us!

सुनचाँदीको मूल्य बढ्ने क्रम जारी, सातामै २४ हजार बढीले बढ्यो सुन

अर्थ संसार

शनिबार, १० माघ २०८२, ०८ : ३९ मा प्रकाशित

सुनचाँदीको मूल्य बढ्ने क्रम जारी, सातामै २४ हजार बढीले बढ्यो सुन

यो साता नेपाली बजारमा सुनको मूल्य आकाशिएको छ । हरेक दिनजसो रकर्ड बनाएको सुनको मूल्य एक हप्तामै २४ हजार २०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार माघ ९ गते शुक्रबारसम्म आइपुग्दा प्रतितोला ३ लाख १ हजार ४०० रुपैयाँ पुगेको हो । महासंघका अनुसार, एक हप्ताअघि गत माघ २ गते सुन प्रतितोला २ लाख ७७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । त्यसयता सुनको मूल्य निरन्तर बढेको हो । गत माघ ४ गते आइतबार २ लाख ७७ हजार ८०० रुपैयाँ, माघ ५ गते २ लाख ८२ हजार २०० र माघ ६ गते २ लाख ८४ हजार ७०० रुपैयाँ प्रतितोलामा सुनको कारोबार भएको थियो ।

त्यस्तै माघ ७ गते भने सुनको मूल्य एकैचोटी बढेर २ लाख ९५ हजार १०० रुपैयाँ पुग्यो । माघ ८ गते २ लाख ९२ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबार आइपुग्दा एकैचोटी ९ हजार २०० रुपैयाँले बढेर ३ लाख १ हजार ४०० रुपैयाँमा कारोबार हुन पुगेको छ । सुनको यो मूल्य अहिलेसम्मकै बढी हो । अमेरिकालगायतका विभिन्न मुलुकमा उत्पन्न हुने युद्ध र टकरावका कारण सुनको मूल्य ऐतिहासिक रुपमा बढेको व्यवसायीहरुको भनाइ छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको