बैंक तथा वित्तीय संस्थामा निक्षेप घटेको छ भने कर्जा प्रवाह सामान्य बढेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार निक्षेप संकलन १२ अर्ब र कर्जा प्रवाह २ अर्बले बढेको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा ७६ खर्ब ६९ अर्ब पुगेको छ । यो माघ ६ गतेसम्मको तथ्यांक हो । यस्तो निक्षेप माघ ५ गतेसम्म ७६ खर्ब ८१ अर्ब रुपैयाँ रहेको थियो । कुल निक्षेपमध्ये माघ ६ गतेसम्म वाणिज्य बैंकहरुमा ६९ खर्ब ५ अर्ब रहेको छ भने अन्य बैंक तथा वित्तीय संस्थामा ७ खर्ब ६४ अर्ब रुपैयाँ रहेको छ । माघ ५ गतेसम्म वाणिज्य बैंकहरुमा ६९ खर्ब १५ अर्ब रुपैयाँ निक्षेप रहेको थियो भने अन्य बैंक तथा वित्तीय संस्थाहरुमा ७ खर्ब ६५ अर्ब रुपैयाँ रहेको थियो ।
हालसम्म बैंक तथा वित्तीय संस्थाहरुले कुल ५७ खर्ब ६५ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । यो माघ ५ गतेको भन्दा ३ अर्ब बढी हो । माघ ५ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल ऋण प्रवाह ५७ खर्ब ६३ अर्ब रुपैयाँ रहेको थियो । कुल कर्जा प्रवाहमध्ये वाणिज्य बैंकहरुको मात्रै ५१ खर्ब २९ अर्ब रुपैयाँ रहेको छ । अन्य बैंक तथा वित्तीय संस्थाहरुले यो अवधिसम्ममा ६ खर्ब ३६ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।
अहिले बैंक तथा वित्तीय संस्थाहरुमा अधिक तरलताको अवस्था रहेको छ । अहिले बैंकको सीडी रेसियो ७३.५४ प्रतिशत रहेको छ । त्यस्तै अन्तर बैंक ब्याजदर २.७५ प्रतिशत रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस