Like us!
Follow us!
Connect us!
Watch us!

अघिल्लो पल्ट सेमिफाइनलमा रोकिएका गगन, चुम्लान त उपाधि ?

अर्थ संसार

शुक्रबार, १६ माघ २०८२, १५ : ४७ मा प्रकाशित

अघिल्लो पल्ट सेमिफाइनलमा रोकिएका गगन, चुम्लान त उपाधि ?

२० ओभरको क्रिकेटको विश्वकप यहि फेब्रुअरी ७ अर्थात् माघ २७ गतेदेखि सुरु हुँदैछ । भारत र श्रीलंकामा आयोजना हुने प्रतियोगितामा २० टोलिले आफ्नो खेल कौशल प्रस्तुती गर्ने छन् । यी सबै २० टोलि विश्वकपको उपाधि उचाल्ने लक्ष्य सहित मैदानमा उत्रने छन् । तर अन्तिममा एक टोलिले मात्रै उपाधि जित्ने छ । 

यो पटकको प्रतियोगितामा नेपाली टोलि पनि सहभागि हुने छ । भारत र श्रीलंकामा क्रिकेट टोलि विश्वकमा प्रतिप्रस्र्धा गर्दै गर्दा नेपालमा भने चुनावको सरगर्मी बढ्ने छ । फागुन २१ गतेको चुनाव आउन अब जम्मा ३४ दिन बाँकी रहेको छ । देश चुनावमय हुँदा धेरैको ध्यान झापाको निर्वाचन क्षेत्र नम्बर ५ र सर्लाहीको निर्वाचन क्षेत्र नम्बर ४ मा हुने छ । किन भने यी दुई क्षेत्रमा भावि प्रधानमन्त्रीका विभिन्न तीन जना उम्मेदवार चुनावी मैदानमा छन् । आज हामीले सर्लाही क्षेत्र नम्बर ४ का नेपाली कांग्रेसका उम्मेदवार तथा भावि प्रधानमन्त्री गगन कुमार थापाको विषयमा चर्चा गर्दैछौँ । 

अघिल्लो पटक भएको निर्वाचनमा नेपाली कांग्रेका नेता (हालका सभापति) गगन कुमार थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट चुनावी मैदामा होमिए र निर्वाचित भएर संसदमा पनि पुगे । त्यो बेला नै उनले आफू भावि प्रधानमन्त्री बन्ने भन्दै मतदातासँग मत मागे । संसदीय निर्वाचनमा सांसद भएर मात्रै प्रधानमन्त्री बन्न सकिदैन । सांसद बिना त झन असम्भव जस्तै हुन्छ । (सुशिला कार्की र खिलराज रेग्मी अपबाद) त्यो बाहेक संसदको सदस्य र संबन्धित दलको संसदीय दलको नेता मात्रै प्रधानमन्त्री बन्नका लागि पहिलो प्राथमिकतामा हुन्छ । तर संसदमा गएको अन्य सदसस्यहरुले पनि आफूले बहुमत पुर्याएको खण्डमा प्रधानमन्त्री बन्न सक्ने अवस्था हुन्छ । माधव कुमार नेपाल र बाबुराम भट्राई संसदीय दलको नेता नभए पनि प्रधानमन्त्री बनेको इतिहास छ । 

संसदीय राजनीतिमा कुनै पनि दलबाट निर्वाचित भएको व्यक्ति त्यो दलको संसदीय दलको नेता हुनु पर्ने हुन्छ प्रधानमन्त्री बन्नका लागि । अघिल्लो पटकको चुनावमा गगन थापा संसदीय दलको नेतामा पराजित हुँदै प्रधानमन्त्री हुने दौडबाट बाहिरए । यदि उनी संसदीय दलको नेतामा निर्वाचीत भएको भए त्यो बेला कांग्रेस सबै भन्दा ठूलो दल बनेको थियो र उनी प्रधानमन्त्री बन्न पनि सक्थे । तर उनी प्रधानमन्त्रीको रेसमा सेमिफाइनमा नै पराजित भए । अर्थात् उनी आफ्नो दल भित्रकै प्रतिपस्र्धामा पराजित हुन पुगे । जसले गर्दा उनी प्रधानमन्त्री बन्न पाएनन् ।  उनले संसदीय दलको नेतामा जित हासिल गरे पनि प्रधानमन्त्री बन्ने सम्भावना भने सुनिश्चित देखिदैनथ्यौ । संसद विगठन हुनु अघि कांग्रेसले सरकारको नेतृत्व गर्ने अवसर नै पाएन् । अघिल्लो संसदमा तत्कालिन माओवादीका अध्यक्ष प्रचण्ड र केपी ओली प्रधानमन्त्री बने । सहमति अनुसार चुनाव गर्ने सरकारको नेतृत्व कांग्रेसले गर्ने थियो । तर त्यो भन्दा पहिले नै अवस्था फेरियो र अहिले नागरिक सरकारले चुनाव गराउँदै छ । 

अघिल्लो पटक आफैले प्रधानमन्त्री बन्ने हो भनेका थापा यो पटक भने आफै पार्टी सभापति बनिसकेकाले उनी सांसदमा निर्वाचित भएको खण्डमा प्रधानमन्त्री बन्ने सम्भावना धेरै छ । अर्को तर्फ नेपाली कांग्रेसले भावी प्रधानमन्त्रीका रुपमा पनि उनलाई नै अघि सारेको छ । उनको दलले बहुमत ल्याएको अवस्था वा सबै भन्दा ठूलो दल बनेको खण्डमा अन्य दलसँग गठबन्धन गरेर पनि प्रधानमन्त्री बन्न सक्ने अवस्था देखिन्छ । तर, उनले यो पटक निर्वाचनका लागि रोजेको क्षेत्रबाट हुने निर्वाचित हुन्छन वा हुँदैनन् भन्नेमा नै आंशका समेत गर्ने गरिएको छ । उनका प्रतिस्पर्धीका रुपमा रास्वपाका नेता डा. अमरेश कुमार सिंह छन् । जो पूर्व कांग्रेस नेता हुन् । अघिल्लो चुनावमा कांग्रेस छोडेर स्वतन्त्रबाट नै चुनाव जितेका सिंहलाई हराउनका लागि गगन सोचेजस्तो सजिलो छैन् । विशेष महाधिवेशनबाट नेतृत्व परिवर्तन गरेको कांग्रेसमा बाहिर नदेखिए पनि भित्रि रुपमा सभापति थापाको विरोधि पनि छन् । अर्को गुटकाले उनलाई हराउन लागेको खण्डमा उनलाई चुनाव जित्नका लागि थप अप्ठ्यारो पर्ने निश्चित छ । अर्को तर्फ पार्टीको सभापती भए पछि गगन आफूले जुन क्षेत्रमा लड्न चायो त्यो क्षेत्रमा उम्मेदवार बन्न सक्ने थिए । तर उनले तराइ रोज्नुले त्यहाँको माहोल बुझेर नै त्यहाँ गएको हुन सक्ने कतिपयको भनाइ छ । जसले गर्दा उनी निर्वाचित भएर आउने र भावि प्रधानमन्त्री बन्ने बताउनेहरु पनि छन् । 

यस्तो छ सर्लाही क्षेत्र नम्बर ४ को अंक गणित 

मधेश प्रदेशको सर्लाही जिल्लाको क्षेत्र नम्बर ४ मा १ लाख २१ हजार १२ मतदाता रहेका छन् । यो क्षेत्रमा मधेशी मुलका मतदाताको बाहुल्यता रहेको छ । यो निर्वाचन क्षेत्रमा बरहथवा नगरपालिकाका १, २, ३, ४, १३, १४, १५ गरी सात वटा वडा, गोडैटा नगरपालिकाको १ देखि १२ सम्मका वडा, धनकौल गाउँपालिकाका १ देखि ७ नम्बरसम्मका वडा, बलरा नगरपालिकाका १ देखि ११ नम्बर वडा, बसबरीया गाउँपालिकाका १ देखि ३ नम्बरसम्मका वडा, रामनगर गाउँपालिकाका १ देखि ७ नम्बरसम्मका वडा र विष्णु गाउँपालिकाका १ देखि ४ नम्बरसम्मका वडा पर्दछन् । 

यी ५१ वडामध्ये अघिल्लो पटक भएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले १९ वटा पालिकामा जित निकालेको थियो । यो क्षेत्र भित्र पर्ने दुई पालिकाको प्रमुख र उपप्रमुख पनि कांग्रेसले जितेको छ । अन्य पालिकाका प्रमुख र बाँकी वडामा अन्य पार्टीहरुले चुनाव जितेका छन् । गत संसदीय चुनावमा अमरेश कुमार सिंहले २० हजार १७ मत ल्याएर विजयी हुँदा नेपाली कांग्रेसका उम्मेदावर नागेन्द्र कुमारले १८ हजार ३५३ मत पाएका थिए । त्यो पटक कांग्रेस त्यो क्षेत्रमा १ हजार ७६४ मतले पराजित भएको थियो । 

यो क्षेत्रको कुन वडामा कति मतदाता ?
बरहथवा नगरपालिका

वडा नम्बर १– ३,४४७
वडा नम्बर २– २,८९५
वडा नम्बर ३– ३,३९३
वडा नम्बर ४– १,१७८
वडा नम्बर १३– २,३३२
वडा नम्बर १४– २,२०२
वडा नम्बर १५– २,४०५
गोडैटा नगरपालिका
वडा नम्बर १– १,२५२
वडा नम्बर २– ३,६२६
वडा नम्बर ३– २,८३४
वडा नम्बर ४– १,८५५
वडा नम्बर ५– ३,४१४
वडा नम्बर ६– २,०९६
वडा नम्बर ७– २,१५१
वडा नम्बर ८– २,२८१
वडा नम्बर ९– २,०७०
वडा नम्बर १०– ३,०१२
वडा नम्बर ११– ३,४७६
वडा नम्बर १२– २,५२३
धनकौल गाउँपालिका
वडा नम्बर १– २,९२३
वडा नम्बर २– २,३१६
वडा नम्बर ३– १,८५३
वडा नम्बर ४– २,१५१
वडा नम्बर ५– १,७०८
वडा नम्बर ६– १,४९६
वडा नम्बर ७– २,२५६
बलरा नगरपालिका
वडा नम्बर १– २,०२८
वडा नम्बर २– २,५६८
वडा नम्बर ३– १,८६१
वडा नम्बर ४– २,४४१
वडा नम्बर ५– २,३४०
वडा नम्बर ६– २,४३१
वडा नम्बर ७– २,८५८
वडा नम्बर ८– २,५२२
वडा नम्बर ९– २,३०२
वडा नम्बर १०– २,८२०
वडा नम्बर ११– १,९८५
बसबरीया गाउँपालिका
वडा नम्बर १– २,९१९
वडा नम्बर २– २,४४९
वडा नम्बर ३– २,४०५
रामनगर गाउँपालिका
वडा नम्बर १– ४,०१०
वडा नम्बर २– २,७८२
वडा नम्बर ३– १,५९३
वडा नम्बर ४– २,६३८
वडा नम्बर ५– १,४९२
वडा नम्बर ६– २,६४१
वडा नम्बर ७– १,९५६
विष्णु गाउँपालिका
वडा नम्बर १– १,६२०
वडा नम्बर २– १,५३८
वडा नम्बर ३– २,०८६
वडा नम्बर ४– १,५८२
स्थानीय चुनावमा कांग्रेसले कुन वडामा कति मत पाएको थियो ? 
गगन कुमार थापा निर्वाचन लड्ने क्षेत्रका ५१ वटा वडा मध्ये नेपाली कांग्रेस विजयी भएको वडा संख्या १९ वटा रहेको छ । बाँकी ३२ वडामा अन्य पार्टी विजयी भएका छन् । 
विष्णु गाउँपालिका
वडा नम्बर १– ३९०
वडा नम्बर २– १८६
वडा नम्बर ३– ४९० (विजयी) 
वडा नम्बर ४– ३७१ (विजयी) 
रामनगर गाउँपालिका 
वडा नम्बर १– ३०९
वडा नम्बर २– ३१६
वडा नम्बर ३– २६२ 
वडा नम्बर ४– ८३३
वडा नम्बर ५– २०७
वडा नम्बर ६– ५४७ (विजयी) 
वडा नम्बर ७– ५१३ (विजयी) 
बसबरीया गाउँपालिका
वडा नम्बर १– ५९७
वडा नम्बर २– ५२९ (विजयी) 
वडा नम्बर ३– ५६० (विजयी) 
बलरा नगरपालिका
वडा नम्बर १– ३३० (विजयी) 
वडा नम्बर २– ११८
वडा नम्बर ३– ४२३ (विजयी) 
वडा नम्बर ४– ४२० (विजयी) 
वडा नम्बर ५– ४८९ (विजयी) 
वडा नम्बर ६– ९२
वडा नम्बर ७– ६०७ (विजयी 
वडा नम्बर ८– ६०५ (विजयी) 
वडा नम्बर ९– ३४१
वडा नम्बर १०– ६३७
वडा नम्बर ११– १६१
बरहथवा नगरपालिका
वडा नम्बर १– ११८
वडा नम्बर २– ५५२
वडा नम्बर ३– ७६२ ( विजयी) 
वडा नम्बर ४– ३०४
वडा नम्बर १३– ४७५
वडा नम्बर १४– ३६७
वडा नम्बर १५– ६३८
गोडैटा नगरपालिका
वडा नम्बर १– २२३
वडा नम्बर २– ६००
वडा नम्बर ३– ६६७
वडा नम्बर ४– २३६
वडा नम्बर ५– ६५२
वडा नम्बर ६– ५९७ (विजयी) 
वडा नम्बर ७– ३९८
वडा नम्बर ८– २३६
वडा नम्बर ९– ३४७ (विजयी) 
वडा नम्बर १०– २९५
वडा नम्बर ११– ३६८
वडा नम्बर १२– ३७२
धनकौल गाउँपालिका
वडा नम्बर १– ६९४ (विजयी) 
वडा नम्बर २– १,४१९ (विजयी) 
वडा नम्बर ३– २४६
वडा नम्बर ४– ७०१ (विजयी) 
वडा नम्बर ५– ४४१
वडा नम्बर ६– ३४६
वडा नम्बर ७– ८०४ (विजयी) 

अघिल्लो पटकको संसदीय निर्वाचनमा अमरेश कुमारसँग नेपाली कांग्रेसका उम्मेदवार १ हजार ७६४ मतले पराजित भएको थियो । अहिले भावि प्रधानमन्त्रीका रुपमा घोषणा गरिएका सभापति मैदानमा उत्रदा निर्वाचन जितिने कांग्रेस जनको भनाइ छ । जे होस यो पटकको संसद र संसदीय दलको नेताका रुपमा निर्वाचित भएर आगामी प्रधानमन्त्रीको फाइनमा पुग्नमा उनलाई सफलता मिलोस् हाम्रो शुभकामना छ । फाइन पुगे पनि आफ्नो दलको बहुमत नआएको अवस्थामा भने उनलाई प्रधानमन्त्री बन्नका लागि निकै गाह्रो हुन सक्छ । किन भने सबै भन्दा ठूलो दल प्रतिपक्षमा बसेको र अरु साना पार्टी मिलेर सरकार निर्माण गरेको इतिहास हाम्रा सामू छ । यस हिसाबले उनले सबै कुरा मिलाएको खण्डमा र तराइ मधेशबाट निर्वाचित भएर आएको खण्डमा प्रधानमन्त्रीको फाइनमा भने पुग्ने भने निश्चित प्राय छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको