Like us!
Follow us!
Connect us!
Watch us!

बाँदरबाट मान्छे जोगाउनु मेरो चुनावी एजेण्डा हो - देवविक्रम राई

अर्थ संसार

शुक्रबार, १६ माघ २०८२, १६ : ३६ मा प्रकाशित

बाँदरबाट मान्छे जोगाउनु मेरो चुनावी एजेण्डा हो  - देवविक्रम राई

खोटाङबाट प्रतिनिधिसभा सदस्य चुनावमा नेकपा एमालेका उम्मेदवार देवविक्रम राईले बाँदरबाट मान्छे जोगाउने विषयलाई आजको प्रमुख समस्या भएको बताएका छन् । शुक्रबार बिहान राजधानीमा आयोजित पत्रकार सम्मेलनमा राईले बाँदरका कारण नागरिकले भोग्नुपरेको समस्यालाई समाधान गर्नु नै आफ्नो मुख्य चुनावी एजेण्डा रहेको स्पष्ट पारे । बाँदर आतंककै कारण किसानहरु पलायन हुने प्रवृत्ति बढेको तर्क गर्न उनले आफ्नै अनुभव सुनाएका थिए ।

उनले भने,‘मान्छे मरेर बाँदरलाई बचाउन सकिन्नँ, मेरो उम्मेदवारी एकप्रकारले बाँदर भर्सेस मान्छेको लडाइँ पनि हो । म आफै किसान हुँ, मैले लगाएको फलफुल बाँदरले नष्ट गरेर हैरान छु। बाँदर तह लगाउन कानुनले दिदैन, त्यसो भएपछि कि मान्छे भोकले मर्नुपर्यो कि गाउँ छोडेर हिड्नुपर्यो ।’

पहाडमा बाँझो जमिन बढ्दै जाने, रोजगारीको खोजीमा युवाहरु शहर र विदेश पुग्ने प्रवृत्तिमा बाँदर आतंक एउटा कारण रहेको उनले बताए । उनले भने ,‘बाँदर तह लगाउने र मान्छे बचाउने कामका लागि जंगली जनावरबारे कानुनमा काम गर्नुपर्छ, सांसद जितेर त्यो काम गर्छु।'

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

धेरै पढिएको